
Csbg-7
Jsbg-7
Usbl-7
jsbr-3
Pbu
Gsbr-6
ksbl-7
Gsbg-3
Msbg-2
Rksr-7


दाङ । देउखुरीको राप्ती गाउँपालिकामा पहिलोपटक मिनि चिस्यान केन्द्र स्थापना भएको छ । नर्ती वन वातावरण बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहने गरि राप्ती गाउँपालिकाकाे ६ लाख ६६ हजार र संस्थाको २ लाख २२ हजार गरि कुल ८ लाख ८८ हजार रुपैयाँ लागतमा साे केन्द्रकाे स्थापना गरिएको हाे ।
राप्ती गाउँपालिका वडा नम्बर ८ नयाँबजारमा स्थापना गरिएको केन्द्रकाे मंगलबार लुम्बिनी प्रदेश सांसद इन्द्रजित थारुले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बाेल्दै सांसद थारुले चिस्यान केन्द्रको स्थापना हुनु यस क्षेत्रका कृषिहरुकाे लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।
अहिलेको युगमा कृषि क्षेत्रको आधुनिकीकरण अपरिहार्य रहेको बताउदै संसद थारूले यस किसिमका संरचनाहरूले कृषकहरूको उत्पादन क्षमतामा वृद्धि गर्न र उनीहरूको आर्थिक अवस्थालाई सबल बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । त्यस्तै सांसद थारूले सरकार कृषकहरूको हितका लागि सधैं तत्पर रहेको र यस्ता परियोजनाहरूको माध्यमबाट कृषकहरूको जीवनस्तर उकास्न प्रयासरत रहेको बताए ।
कार्यक्रम राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले चिस्यान केन्द्रकाे स्थापनाले स्थानीय कृषकहरूको उत्पादनलाई दीर्घकालसम्म सुरक्षित राख्न मद्दत गर्ने र त्यसबाट उनीहरूले आफ्नो उपजको उचित मूल्य प्राप्त गर्न सक्ने बताए ।
चिस्यान केन्द्र स्थापना भएसँगै यस क्षेत्रका कृषकहरूले भाेग्नु परेका समस्याहरुबाट मुक्त हुने अध्यक्ष विष्टको विश्वास रहेको छ । यस्तै उनले चिस्यान केन्द्रको सफल सञ्चालन र दिगो उपयोगिताको कामनासहित स्थानीय कृषकहरूलाई यसको अधिकतम लाभ उठाउन आग्रह गरे ।
४ मेट्रिक टन भण्डारण क्षमता भएको चिस्यान केन्द्रमा कृषकहरूले उत्पादन गरेका तरकारी, फलफूल लगायतका बस्तुहरु भण्डारण गरिने संस्थाका सचिव हरि प्रसाद भुसालले जानकारी दिए । गाउँपालिकाकाे कृषि शाखा सँग समन्वय गरि न्यून भण्डारण शुल्क निर्धारण गरिने संस्थाका सचिव भुसालले जानकारी दिए ।
पालिकाले गत वर्षदेखि नै साे चिस्यान केन्द्र नजिकै तरकारी संकलन तथा बिक्री केन्द्र स्थापना गरि सञ्चालन गरेको छ भने कृषि एम्बुलेन्स खरिद गरि सञ्चालनकाे तयारी समेत गरेको छ ।
