
Anm
Ksm
Rbs
Mbdvs
Gisld
Sds
mbd
Gmk
Pbu

Bbu
Rgs
Rgu
Rsb
Ksm
Ggd
Tsm
Gst
Sls
Sbs
nsb
Ssm
Hal
Wsp
Rgu
Asm
Pvg
Bbbpu
Vor

Jmb
Pls
Abd
Bml
sab
Mks
bbt
Rpp
Jmb
Syp
Ptm
Rmb
Gsb
दाङ । रियलमी मोबाईल कम्पनीले मोबाईल व्यवसायीहरुसंग शनिबार देउखुरीको लमहीमा भेटघाट गरेको छ ।
कम्पनीले शनिबार एक कार्यक्रमको आयोजना गरि दाङ,सल्यान,रुकुम,रोल्पा,प्यूठान जिल्लाको विभिन्न स्थानमा रहेर मोबाईल व्यवसायी गरिरहेका व्यवसायी कर्मीहरुसंग भेटघाट गरेको हो ।
दाङ,सल्यान,रुकुम जिल्लाका डिलर म्यानेजर रमेश डिसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिचाइ मन्त्री सीता शर्मा चौधरीको प्रमुख आतिथ्यता तथा रियलमी मोबाईल नेशनल सेल्स म्यानेजर कुनाल सिंह एवं रोल्पा,प्यूठानका डिलर म्यानेजर अरुण कुमार श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि शर्मा (चौधरी) ले सम्पूर्ण व्यवसायीहरुलाई सेवा ग्राहीहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर कार्य गर्न आग्रह गरेकी छिन् ।
वर्तमान समय भनेको एउटा प्रविधिसंग जोडिएको हुँदा यस समयसंग आम नागरिकहरु पनि निरन्तर जोडिने भएकोले सेवा ग्राहीको मागलाई पूरा गर्न निरन्तर लाग्न आग्रह गरेकी छिन् । उनले सम्पूर्ण मोबाईल व्यवसायी कर्मीहरुलाई आफ्नो साथ सहयोग कुनै मोडहरुमा आवश्यक परेको खण्डमा र सहयोग मागेमा आफुले तत्काल सहयोग प्रदान गर्ने समेत जनाइन् ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि सिंहले रियलमी मोबाईल कम्पनीले सेवा ग्राहीको मागलाई मध्यनजर गरेर काम गरिरहेको बताएका छन् । यस्तै उनले आगामी दिनमा वर्तमान समय मोबाईल सेटहरुमा देखिएको केही समस्याहरुलाई व्यवस्थापन गरेर काम अघि बढाउने बताए ।
रियलमी मोबाईल आधिकारिक बिक्रेता भिम सेन डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सम्पूर्ण मोबाईल व्यवसायी कर्मीहरुलाई सम्मान गरिएको थियो । यस्तै रियलमी मोबाईल सेट धेरै बिक्री गर्ने मोबाईल सेन्टरका प्रोप्राइटरहरुलाई उच्च मुल्यांकनका साथ बिजेता गराएर सम्मान सहित अवार्ड प्रदान गरिएको थियो ।
बेल्वासे मोबाईल सेन्टर भालुबाङका प्रोप्राइटर अशोक बेल्वासेले कार्यक्रमको संचालन गरेका थिए । त्यस्तै उक्त कार्यक्रमलाई समापन गर्दै दाङ,सल्यान, रुकुम जिल्लाका डिलर म्यानेजर रमेश डिसीले अब छिट्टै घोराहीमा रियलमी मोबाईलको सर्भिस सेन्टर खुल्न लागेको बताए ।
उनले दुई,चार दिन भित्र कम्पनीसंग समन्वय गरेर उक्त सेवा दाङको घोराहीबाट दिन लागेको बताएका छन् । उनले सम्पूर्ण रियलमी मोबाईल प्रयोग कर्ता र अब खरिद गर्न चाहने सम्पूर्णलाई निर्धक्क भएर मोबाईल खरिद गर्न समेत आग्रह गरेका छन् ।
