
Sgr
Pbu
Srbpu
Ggp
Unsku
Rgp1
Lnp
pku
Rgp

Bbu
Rgu
Wsp
Bbbpu
Rgs
Rgu
Ksm
Pvg
Hal
Sls
Ssm
Vor
Tsm
Asm
Gst
nsb
Ggd
Rsb
Sbs

Rmb
Pls
Rpp
Syp
Jmb
sab
Gsb
Jmb
Mks
Bml
bbt
Abd
Ptm
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवस २०८१ जनस्तरबाट भब्य रुपमा मनाउन आह्वान गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा सम्पन्न संविधान तथा राष्ट्रिय दिवस मूल समारोह समितिको आइतबार बसेको बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले संविधान दिवसलाई नागरिक स्तरबाट भब्य रुपमा मनाउन आह्वान गरेका हुन् । सुशासन,सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पुर्याउन संविधानको कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको सो अवसरमा मुख्यमन्त्री आचार्यले बताए । प्रदेश सरकारले संविधान दिवस २०८१ लाई भब्य रुपमा मनाउने निर्णय यस अघि गरिसकेको छ । आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म प्रदेश भित्र विभिन्न कार्यक्रम आयोजना गर्न थालिएको हो ।
असोज २ गते प्रदेश स्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउने,कार्यालय परिसरमा सरसफाई गर्ने,स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परिक्षण जाँच कार्यक्रम सञ्चालन गर्ने,प्रदेश सरकारी निकायका वेभसाईडमा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपले मनाउने बारेमा सूचनाहरु सार्वजनिक गर्ने,संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धी र चुनौती बिषय विज्ञसंग छलफल कार्यक्रम सञ्चालन गर्ने, जसको लागी फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरसंग समन्वय गरिने भएको छ ।
त्यस्तै आमा नागरिकलाई तीन दिन आ–आफ्नो घरको छत, वरण्डामा दिपावलि गर्न आह्वान गरिएको छ । असोज ३ गते संविधान दिवसको मुल समारोह आयोजना गरिने छ । विभिन्न सांस्कृतिक झाँकी सहित विहान प्रभातफेरीको आयोजना गरिने भएको हो । लुम्बिनी प्रदेश राजधानी परिसर क्षेत्र राप्ती उपत्यका देउखुरीमा मुल समारोह आयोजना गरिने र सो कार्यक्रमको प्रत्यक्ष प्रशारण आम सञ्चारका माध्यमबाट गर्न आह्वान गरिएको छ ।
यस्तै असोज ४ गते उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय,निर्देशनालय कार्यालयलय सम्बद्ध सरोकारवालाहरुको समन्वयमा वृक्षारोपण कार्यक्रम गर्ने जनाईएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यकाे अध्यक्षमा सम्पन्न बैठकमा प्रमुख प्रतिपक्ष दल नेता जाेखबहादुर महरा, संसदिय दलका नेता तथा प्रतिनिधि, मन्त्रीहरु, सचेतक सहित मन्त्रालयका सचिव तथा कर्मचारी, गैर सरकारी संस्था महासंघका प्रतिनिधि, पत्रकारहरुकाे सहभागीता रहेको थियाे ।
