
Rgp
Unsku
Srbpu
pku
Pbu
Lnp
Sgr
Ggp
Rgp1

Ssm
Rsb
Rgs
Vor
Bbu
Ggd
Sls
Asm
Bbbpu
Rgu
Ksm
Rgu
Pvg
Wsp
Sbs
Hal
nsb
Tsm
Gst

Ptm
bbt
Pls
Rpp
Mks
Bml
Gsb
Abd
sab
Syp
Jmb
Jmb
Rmb
दाङ । देउखुरीको गढवा र राजपुर गाउँपालिकामा कार्यक्षेत्र रहेको आयाम बहुउद्देश्यिय सहकारी संस्था लि.को दशौं बार्षिक साधारणसभा विविध कार्यक्रमका साथ शनिवार गढवामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष ओंम प्रकाश बसेलको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले सबैको सहकार्यबाट संचालन गरिने सहकारीलाई हाम्रो र राम्रो सहकारी बनाउन सबै शेयर सदस्यहरु जागरुक हुनुपर्ने बताइन् । हालको अवस्थामा देशका कतिपय सहकारी संस्थाहरुमा ब्याप्त भ्रष्टाचार र अनियमितता फैलिदै गरेको अवस्थामा गढवा गाउँपालिकामा रहेका सबै सहकारीहरुले नियमन र सुशासनमा ध्यानदिन सचेत हुनुपर्ने बताइन् । यस क्षेत्रमा आयाम सहकारी हालसम्म अब्बल देखिएको र भविश्यका दिनहरुमा पनि जस पाउने गरि सुझबुझका साथ सहकारीलाई अगाडी बढाउन सुझाव दिइन् ।
कार्यक्रममा संस्थाका ब्यवस्थापक सिता नेपालीले प्रस्तावित बजेत तथा कार्यक्रम र सचिव श्याम बहादुर चौधरीले संस्थागत प्रतिवेदन र वार्षिक निति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । गढवा बजार, कालाकाटे र राजपुर गाउँपालिकामा यस सहकारीले संस्थाले कार्यालय संचालन गर्दै आएको र हालसम्म १ हजार ६ सय ७२ जना शेयर सदस्यहरु आवद्ध रहेको संस्थाका अध्यक्ष ओंम प्रकाश बसेलले बताए । यस संस्थाले बचत तथा ऋण कारोवार, रेमिट्यान्स सेवा तथा एम्बुलेन्स सेवा प्रवाह गर्दै आएको उनले बताए ।
कार्यक्रममा यस सहकारी संस्थाको कुल कारोवार १ करोड ६६ लाख ४३ हजार रहेको र एक बर्षको अवधिमा ५२ लाख ४४ हजार आम्दानी तथा ४७ लाख ९ हजार खर्च भै ५ लाख ३५ हजार वार्षिक मुनाफा रहेको बताईएको थियो ।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिरबहादुर आलेमगर,गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादव,सहकारी सञ्जाल गढवाका अध्यक्ष बेगम गहतराज,गढवा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष खिमबहादुर बुढा मगर,लायन्स क्लब अफ गढवाका अध्यक्ष उमाकान्त पन्त,लेखा परिक्षक गुरुप्रसाद पोख्रेल,देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठक,पत्रकार किरण शाह,गढवा होटल ब्यवसायी संघका सचिव टोपलाल सुवेदी सागर,गढवा बचत तथा ऋण सहकारी संस्थाका सचिव सुवास रजौरे र गौरब सहकारी संस्थाका ब्यवस्थापक धना भण्डारी लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
सो अवसरमा उत्कृष्ट वाल वचतकर्ता अनिषा पुन, सिमरिका पोख्रेल,वर्ष उत्कृष्ट कर्मचारी भावना पन्त र मुना आले मगर,उत्कृष्ट कारोवार कर्ताहरु मिना पुन, राजेश प्रसाद श्रेष्ठ,भिम बहादुर भण्डारी र उत्कृष्ट बचतकर्ताहरु मातृका प्रसाद घिमिरे, प्रेमा चौधरी र राजेश चौधरीलाई सम्मान गरिएको थियो ।
साधारणसभाले यस सहकारी मार्फत किसानहरुलाई मलखाद सेवा प्रवाह गर्न ईजाजत लिई काम सुरु गर्ने,लघुबित्त कार्यक्रमको कार्यबिधि बनाएर कार्यान्वयन गर्ने,आफ्नै भवन निर्माण गर्ने,शाखा कार्यालयहरु र सेयर सदस्यहरु थप विस्तार गर्ने, कर्मचारी संचयकोष र आवासको ब्यवस्थापन तथा कार्यान्वयन गर्ने अति बिपन्न र सिमान्तकृत वर्गका विद्यार्थीहरुलाई विद्यालय पोशाक र स्टेशनरी वितरण गर्ने, ब्यवसाय प्रवर्धन तालिमहरु सञ्चालन गर्ने, जेष्ठ नागरिक सम्मान, रक्तदान,सहकारी शिक्षा, पेन्सन बचत लगायतका महत्वपूर्ण कार्यहरु सुरुवात गर्ने प्रस्तावित योजनाहरु पारित गरेको छ ।
संस्थाका ब्यवस्थापक सिता नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव श्याम बहादुर चौधरीले गरेका थिए ।
