
Rgp1
Lnp
Ggp
Pbu
Unsku
Sgr
Srbpu
pku
Rgp

Bbu
Rgs
nsb
Rsb
Asm
Rgu
Vor
Hal
Ksm
Sbs
Tsm
Rgu
Pvg
Sls
Bbbpu
Gst
Ssm
Ggd
Wsp

Rpp
Jmb
Rmb
Jmb
Ptm
Abd
Syp
Gsb
Bml
Pls
Mks
bbt
sab
बुटवल । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले बुधबार राजीनामा बुझाएका छन् । उनले मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा बुझाएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले जानकारी दिए ।
बाँके क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश सभा (ख) बाट विजयी कुर्मी साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्री नियुक्त भएका थिए । उनी मन्त्रीमा नियुक्त भएदेखि नै मानव अधिकारकर्मीले विरोध जनाउँदै आएका थिए ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १७, परसपुरकी निर्मला कुर्मीको अपहरण गरी हत्या गरेर सम्पत्ति हत्याएको आरोप उनीमाथि लाग्दै आएको छ । महिला अधिकारकर्मी रुवि खान लगायतले सो हत्या प्रकरणमा कारबाहीको माग गर्दै राजधानी केन्द्रित विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।
