Sidha Patra शनिबार, भाद्र १५, २०८१

दाङ । हरियाली बचत तथा ऋण सहकारी संस्था लि. राप्ती गाउँपालिका-५ सिसहनियाँले तीज विशेष कार्यक्रम गरेको छ ।

हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा संस्थाले शुक्रबार आफ्नै कार्यालय सिसहनियाँमा एक कार्यक्रमको आयोजना गरि तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो ।

महिला उपसमिति संयोजक विष्णुमाया घिमिरेको अध्यक्षता,संस्थाका अध्यक्ष रेशम बहादुर थापाको प्रमुख आतिथ्यता तथा संस्थाका निर्वतमान अध्यक्ष तथा वरिष्ठ सल्लाहकार शिवध्वज मल्लको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले तीज पर्वलाई मर्यादित बनाउन महिला दिदीबहिनीहरूलाई सुझाव दिएका थिए ।

त्यस्तै उनीहरूले तीजमा गाइने गीतमा माैलिकता हुन आवश्यक रहेको बताएका थिए । सो अवसरमा महिला शेयर सदस्यहरूले नाचगान गरि दर समेत खाएका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव राधा पाण्डेले गरेकी थिइन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]