
Rgp
Srbpu
Ggp
Pbu
Lnp
Unsku
Rgp1
pku
Sgr

Rsb
Hal
Rgs
Ksm
Ggd
Pvg
Bbbpu
Sbs
Ssm
Wsp
Rgu
Tsm
Gst
Asm
Bbu
Rgu
Vor
Sls
nsb

Bml
Rmb
Jmb
Ptm
Abd
Rpp
Mks
Gsb
Pls
bbt
Jmb
Syp
sab
काठमाडौँ । आज बिहान तनहुँमा भारतीय नम्बर प्लेटको बस दुर्घटना भएपछि नेपाल सशस्त्र प्रहरीको टोली उद्धारमा परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोर सहित ४५ जना र नम्बर २३ मनकामना गण भानु तनहुँबाट ३५ जनाको फौज उद्धारमा खटिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
त्यस्तै दुर्घटना स्थल अप्ठ्यारो भीर भएका कारण घाइते र मृतक उद्धारमा डोरीको सहायताले नदी किनारमा पुग्ने प्रयास भइरहेको उनले बताए । प्रारम्भिक रूपमा १०–११ जनाको मृत्यु भएको बुझिएको भन्दै उनले पुष्टि हुन बाँकी रहेको जानकारी दिए ।
यस्तै प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपक कुमार रायले बसमा ४० जना सवार रहेको जानकारी दिए । उनका अनुसार ११ जना बेपत्ता भएका छन् । यस्तै १४ जना जना अचेत हुनुका साथै १५ जना सामान्य घाइते भएका छन् ।
यस्तै बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा बस खसेको उनले जानकारी दिए ।
