
Gsbus
syysr
Syees
Ratbs
Rbs
Pbu
dsbus
Ssbus
Csbus
Bksbus5
gms
Gsl
Jsbus
Ddhbs
Amb
Nssbus7

Hal
Ksm
Asm
Gst
Sbs
Vor
Bbu
Tsm
Ssm
Rsb
Rgu
Bbbpu
nsb
Pvg
Ggd
Rgs
Sls
Rgu
Wsp

Pls
sab
Gsb
Rmb
Jmb
Mks
Jmb
Bml
bbt
Rpp
Ptm
Abd
Syp
टोपेन्द्र खनाल / सृष्टिका पाँच तत्त्व पृथ्वी, जल, वायु र आकाशको प्रतिनिधित्व गर्ने कान्छी,साईली,माझी,चोरी र बुढी साथमै रहेका यी पाँच औंलाको एकदिन आँफुलाई महान ठान्नको लागि झगडा परेछ र महान ठान्नुको दावी समेत प्रस्तुत भएछ । को महान भन्ने निष्कर्ष निस्कन नसकेपछी विवाद सल्टाउनका लागि गणेश भगवान समक्ष पुगेछ्न ।
आँफुलाई महान ठान्नुको तर्क क्रमशः प्रस्तुत गर्न गणेश भगवानबाट आग्रह भएछ ।
१- कान्छी औंला :
हे भगवान ! हामी मध्ये सबै भन्दा महान म हुँ भन्ने मेरो ठम्याई छ किनकि मैले सूचना प्रवाह गर्ने गर्छु त्यो पनि सुरुमै । आयो ! आयो !! आयो !!! म प्रेसकै काम गर्छु । दिनहुँ यस्तो आयो भनेर सबैलाई सूचीत गर्छु । होशियार रहन समेत आग्रह गर्छु । कुनै पनि कार्यालयमा सूचना अधिकारीको कस्तो जिम्मेवारी रहन्छ भगवान आफैं सोची बक्स्योस्।
२- साइँली औंला :
हे भगवान ! हामी मध्ये सबै भन्दा महान म हुँ ! सूचना पाउने बित्तिकै खानपिनको ब्यबस्था मिलाईहाल्छु । म समाजका हन्तकालीहरुको प्रतिनिधित्व गर्छु । समाजमा अहिले हन्तकालीहरुकै चर्चा छ । सबैलाई खुवाउनेको कुरा गर्छु ,ब्यबस्था मिलाउछु। खान नपाएपछि समाजमा हल्ला मच्याउनेको संख्या के कसो छ भगवान आफैं सोचिबक्स्योस् ! खुवाएर भएपनि तै चुप मै चुप लगाउँछु । म हुने खाने बर्गको प्रतिनिधित्व गर्छु । अत: म नै महान हु भगवान।
३- माझी औंला:
हे भगवान ! म हुँ महान । हुनेखानेको प्रतिनिधित्व गर्ने साइँली औंला र चोर भ्रष्ट फटाहा बर्गको प्रतिनिधित्व गर्ने चोरी औंलाको बिचको चेपुवामा परेको बर्ग निम्न बर्गको नेतृत्व गर्ने औंला म हुँ “माझी औंला” । पुस्तैनी सम्पत्तिका मालिक, हुने खाने बर्ग र भ्रष्टचार गरि अकुत सम्पती कमाएका नव धनाढ्य बर्गको दुई तर्फी शोषणमा परेको बर्ग हो निम्न बर्ग । यी बर्गको नेतृत्व गर्न कठिन छ तै पनि गरेकै छु । नेपालमा गरिवको संख्या अधिक छ त्यसैले मैले गरिवहरुको संकेतलाई एक्लै पनि देखाईरहेको छु । सबैभन्दा अग्लो हुनुको अर्थलाई कायम गरेकै छु । राणाकाल देखि अहिलेको गणतन्त्रसम्म आशै आशामा गरिवको दिनहरु बितिरहेको छ । चप्पल पट्काएर भोट माग्न आएका नेताहरु कति धनी भईसके तर यी गरिबको जिन्दगी जस्ताको तस्तै छ्न । कहाँ पाउँला ? गरिबले राम्रो दिन कहाँ पाउँला ??? एक्लै अग्लो भएर नेतृत्व गरिरहेको छु भगवान ! म नै महान हुँ !! सोचीबक्स्योस् !!!!!
४- चोरी औंला:
हे भगवान ! म महान हुँ । म समय अनुसार चलेको छु। नेपालमा भ्रष्ट नेतादेखि प्रशासकसम्म अर्थात नेपालको तल्लो स्थानिय तहसम्म नै मेरो संगठन बिस्तार छ । अहिलेको जमाना भनेकै जसले चोर्यो त्यही अघि बढ्यो भन्ने व्यबहारमा छर्लङ्ग छ । मैले चोर्छु र चोर्नेलाई प्रेरित गर्छु । चिनी काण्डदेखि मलकाण्ड । काण्डैकाण्ड मच्याउन मेरो अग्रनी भुमिका छ । नेपाल आयलनिगम देखि सम्पत्ति शुद्धीकरणसम्म मेरो भुमिका छ । म भ्रष्टाचारीहरुको प्रतिनिधि हुँ ! मलाई महान घोषणा गरिबस्योस् !!! अन्त्यमा ५- बुढी औंला: मेरो पालो अन्तिममा आएपनि म नै महान हुँ भगवान ! नेपालमा इमानदारीता अझै मरिसकेको छैन । असल मानिसहरु पनि छ्न । भ्रष्ट मात्र नभएर इमानदार पनि छ्न । घुस नखाने कर्मचारी पनि छ्न । भ्रस्टाचार नगर्ने नेता पनि छ्न । तर इमानदार मानिस बिश्व दुनियाँमा अलग नै छन । भ्रष्टाचारीहरुको नजरमा मात्र एक्लै छ्न । इमानदार मन्त्री मण्डलमा कहिले आउन पाउँदैनन।सांसद भित्र टिकट पाउँदैनन । म भिन्दै छु । हरेक अदालतमा हेरिबक्स्योस् मेरो छाप बिना काम चल्दैन । साहुसमक्ष वा बैंकमा होस् मेरो ल्याप्चे बिना ऋण पाईदैन । म इमानदार भएकै कारण एक्लै छु । म सत्यको बाटोमा हुन्छु । सत्य , सत्य नै हुन्छ । इमान्दारीताको म दियो हुँ । आफैं सोचिबक्स्योस् भगवान !!!
फैसलाको प्रक्रियामा गणेश भगवान ।
एउटा भाडामा पिठो र अर्कोमा पानी लिन भन्नू भयो र सबै औंलालाई पालैपालो पिठो मुछ्न लगाउनु भयो । कुनै औंलाले सकेनन । अन्त्यमा पाँचै औंलालाई अब सङ्गै मुछ्न लगाउनु भयो पिठो मुछियो । भगवान भन्नुहुन्छ । तपाईहरुले समयसापेक्ष तर्क राख्नु भयो धन्यवाद तर जबसम्म तपाईहरु एक आपसमा मिलेर बस्नुहुन्न र गलतलाई गलत सहीलाई सही भन्न सक्नुहुन्न तब सम्म कोहि महान बन्न सक्नुहुन्न ।जसरी पिठो एक्लै मुछ्न सक्नु भएन तर सबै मिलेर मुछ्न सक्नु भयो त्यसरी नै मिलेर राम्रो काम सबैले गर्नुस् यसैमा सबैको भलाई छ । सबै औंला भन्छ्न : हामी खुशी भायौं भगवान ! जानुस् सबै महान बन्नु भयो ।
