
Rsb
jsb
Rks
Ksb
Ksb
Ssb
Ssb
Fmb
Tgp
Usb
Bsn
Nsb
Gsb
Csb
Ppu
Ksb

Hl1
Tsb
Usb
Gsb
Ssb

ptl
Rgu
Nps
दाङ । राप्ती अञ्चलकै पहिलो नयाँ पाइला पुनःस्थापना केन्द्रमा लागूपदार्थ दुर्वेसनीका उपचाररत युवाहरुले आफ्नो दिदीबहिनीको हातबाट रक्षासूत्र (डोरी) बाधेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरी हाडिमे स्थित केन्दमा उपचाररत ३८ जना युवाहरुले सोमबार रक्षाबन्धनका अवसरमा आफ्ना दिदिबहिनीसंग केन्द्रमा भेटेर रक्षबन्धन (डोरी) बाधेका हुन् ।
त्यस्तै रक्षाबन्धनको अवसरमा रक्षासूत्र बाँध्नाले दाजुभाई तथा दिदीबहिनीको सम्बन्धमा अझ बढी माया र स्नेह,सामिप्य र प्रेम ल्याउँने र पारिवारिक मेलमिलाप बढाउने पर्व पनि भएको हुँदा केन्द्रले हरेक वर्ष यस्तो गतिविधि गराउँदै आएको केन्द्रका कार्यकारी निर्देशक सुरेश भुसालले जानकारी दिए । यस्तै परम्परा र संस्कारले भरिएको यो पर्वले समाज र राष्ट्रमा एकता,माया र आपसी सम्मानमा थप सन्देश दिने कार्यकारी निर्देशक भुसालले बताए ।
