
Usbl-7
Rksr-7
Gsbr-6
Csbg-7
Gsbg-3
jsbr-3
Pbu
Msbg-2
ksbl-7
Jsbg-7


बझाङ । बुंगल नगरपालिका वडा नम्बर १० स्थित टुमेडामा पहिरोमा च्यापिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घरमाथिबाट पहिरो जाँदा काली धामी, गोल्की धामी, आसिका धामी र लक्ष्मी धामीको मृत्यु भएको हो ।
त्यस्तै स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा आज बिहान चारै जनाको शव पुरिएको अवस्थामा घरभित्रबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । ९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे पहिरो खसेको थियो । पहिरोले घर क्षतविक्षत बनाएको छ ।
उक्त स्थानमा पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले बिरा धामी, उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामी गरी ५ जनाको तत्काल जिवितै उद्धार गरिएको थियो । गाउँमा एक्लै रहेको बिरा धामीको घरमाथि पहिरो खसेको हो । पहिरोमा परि मृत्यु हुने बिरा धामीका श्रीमती बुहारी र दुई नातिनी रहेका छन् ।
