शिवराज खनाल आइतबार, भाद्र ०२, २०८१

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा ७ मावि सिक्टाका पदच्युत भएका प्रधानअध्यापक विष्णु खत्रिलाई राजपुर गाउँपालिकाले २४ घण्टे स्ष्टिकरण सोधेको छ ।

पदच्युत प्रअ खत्रिले आफ्नो सामाजिक सञ्जाल फेसवुकमा पालिका अध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत,शिक्षा शाखा प्रमुख लगायत लाई कर्मचारिलाई तथानाम गालिगलाेज गर्ने,पदभार गर्दा निमित प्रअलाई कुर्चि वाट लतार्ने लगायतका घटनामा खत्रिकाे संलग्नता देखिएकाे विषयमा राजपुर गाउपालिकाले २४ घण्टे स्पष्टिकरण साेधेकाे हाे ।

लामो समयदेखि मावि सिक्टामा विद्यालय ब्यवस्थापन समिति गठन नगरेको र मावि सिक्टाका सिनियर शिक्षक भरत वस्नेतले शिक्षा ऐन अनुसार २०२८ सम्साेधन सहित शिक्षा नियमावलि २०५९ सम्साेधन सहित  २०८१जेष्ठ २९ गते पालिकामा निवेदन दिएकाे र  राजपुरपालिकाले स्थाइ शिक्षक सृजना खनाल र देव वहादुर वस्नेतलाई साेध्दा उहाहरुले जिम्मेवारि नलिने भनि निवेदन पेश गरेका कारण पालिकाले २०८१ साउन ३१ गते भरत वस्नेतलाई निमित्त प्रअकाे जिम्मेवारि दिएकाे थियाे ।

त्यस्तै राजपुर गाउँपालिकाले साेधेकाे स्पष्टिकरणमा लेखिएको शिक्षक जस्ताे मर्यादित  पदमा आशिन भयकाे ब्यक्तिले यस्ताे गतिविधि कुन ऐन कानुन वमाेजिम गर्नु भयकाे हाे ? शिक्षा नियमावलि २०५९ (सम्साेधन सहित ) काे नियम १० वमाेजिम २४ घण्टा भित्र आफै उपस्थित भई लिखित स्पष्टिकरण दिन उल्लेख गरिएकाे छ । पालिकाले शिक्षा ऐन अनुसार काम गर्दा शिक्षक वाट भएकाे गलत गतिविधि ठहर गर्दै स्पष्टिकरण साेधेकाे शिक्षा शाखा प्रमुख केशव लम्सालले बताए ।

यस्तै मावि सिक्टाका पदच्युद  प्रधानअध्यापक विष्णु खत्रिले आफ्नाे फेसवुकमा राजपुर गाउँपालिका अध्यक्ष शरद वुढाथाेकि, प्रमुख प्रशासकिय अधिकृत विष्णु पाण्डे ,शिक्षा शाखा प्रमुख केशव लम्साल लगायतका कर्मचारिलाई नकारात्मक टिकाटिप्णि लेख्नुकाे साथै पालिकाबाट जिम्मेवारि दिएका निमित्त प्रअ भरत वस्नेतलाई पदभारका क्रममा कुर्चिमा अभद्र व्यवहार गरेको आरोप छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]