
Jsbg-7
Csbg-7
jsbr-3
Pbu
Usbl-7
ksbl-7
Gsbg-3
Msbg-2
Gsbr-6
Rksr-7


काठमाडौं । प्रहरीले जुवातास खेलेको आरोपमा ९ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार राति प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले ९ जनालाई पक्राउ गरेको हो ।
त्यस्तै पक्राउ परेका ९ जना नै भारतीय नागरिक रहेको खुलेको छ । पक्राउ पर्नेहरुमा भारतीय नागरिकहरु ३६ वर्षीय मन्टु भुक्ता, ३९ वर्षीय सुशान्त करामाती,३७ वर्षीय राजकुमार घोरही,३९ वर्षीय अर्धेन्दु हरबाब,३६ वर्षीय जग्गनाथ पाल, ४५ वर्षीय रन्जित कुन्ते,३९ वर्षीय सौमेन्दु दास,३८ वर्षीय दिव्यन्दु सिं र ३३ वर्षीय सञ्जय पात्रो रहेका छन् ।
यस्तै काठमाडौं २४ इटुम्बाहल स्थित एक घरमा जुवातास खेल्दै गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुबाट ३ लाख ७३ हजार ८२० रुपैयाँ र ५ बुक तास बरामद भएको प्रहरीले बताएको छ ।
