
pku
Pbu
Unsku
Ggp
Sgr
Lnp
Rgp1
Rgp
Srbpu

Sls
Rgu
Asm
Bbu
Wsp
Ksm
Rgu
Vor
Hal
Rgs
Ssm
Pvg
Bbbpu
Ggd
Gst
Tsm
Rsb
nsb
Sbs

Abd
sab
Bml
bbt
Rmb
Syp
Mks
Jmb
Ptm
Gsb
Pls
Jmb
Rpp
दाङ । गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीहरुले सोलार कुकर निर्माण गरेका छन । कक्षा ९ का विद्यार्थीहरूले पुरानो डिश प्यानल र साना ऐनाका टुक्राहरूलाई पुनःप्रयोग गरी सोलार कुकर निर्माण गरेका हुन ।
त्यस्तै उनीहरूले निर्माण गरेको सोलार कुकरमा सौर्य ऊर्जा प्रयोग गरी अण्डा पकाउन, पोच बनाउन, र पानी उमाल्न सफलता पूर्वक परीक्षण गर्दै प्रदर्शन समेत गरेका छन । जसले नवीकरणीय ऊर्जा सिद्धान्तहरूको व्यावहारिक प्रयोग देखाउँने गुरुकुल एकेडेमी विज्ञान विषय शिक्षक भुवन आचार्यले जानकारी दिए । यस अवसरमा विद्यार्थी आर्यन घर्तीले आफू र आफ्ना साथीहरूले सोलार कुकर निर्माण गर्न अपनाएको विधि तथा सहकार्य र प्रक्रियाबारे व्याख्या जानकारी दिएका थिए ।
उनीहरूको परियोजनाले समूह कार्य र नवीकरणीय ऊर्जा र दिगो इन्जिनियरिङ सिद्धान्तहरूको व्यावहारिक प्रयोगलाई प्रदर्शन गरेको थियो । साथै निर्माण समुहकि छात्रा यशु बुढाथोकीले सोलार कुकर मोडलहरू बनाउनको शैक्षिक महत्त्वलाई व्याख्या गर्दै आबश्यकता अनुसारको सम्पुर्ण औजार तथा सामानहरु उपलब्ध भएमा अन्य सामानहरु पनि निर्माण गर्न सकिने बताए ।
त्यसैगरी यो व्यवहारिक दृष्टिकोणले नवीकरणीय ऊर्जा अवधारणाहरूको समझलाई बढाउँछ र दिगो प्रविधिमा नवप्रर्वदनलाई प्रोत्साहन दिने गुरुकुल एकेडेमी विज्ञान शिक्षक आचार्यले जानकारी दिए ।
