Sidha Patra सोमबार, साउन २८, २०८१

दाङ । देउखुरीको लमहीमा रहेको लमही आँखा अस्पतालले नाक, कान, घाँटी सम्बन्धी दैनिक विशेषज्ञ सेवा दिइरहेको जनाएको छ ।

अस्पतालले दैनिक बिहान ९ बजेदेखि ४ बजेसम्म नाक, कान, घाँटी रोग विशेषज्ञ डा बसन्त पन्तद्वारा उपचार तथा परामर्श सेवा दिइरहेको जानकारी दिएको छ ।

नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित आँखा अस्पताल र उपचार केन्द्रसहित लमही आँखा अस्पतालले करिब ८ वर्ष पहिलेदेखि प्राथमिक कान सेवा सुरु गरेको थियो । एक वर्ष अगि देखि नाक, कान, घाँटीसम्बन्धी विशेषज्ञ डाक्टरबाट यो सेवा दिन सुरु गरिएको प्रमुख प्रशासक सम्शेर थापाले जानकारी दिए ।

त्यस्तै आँखासँगै नाक, कान, घाँटीको सेवा प्रवाह नाक कान घाँटीको विशेषज्ञ सेवा सुचारु गरेको अस्पतालले लमही नगरपालिका– ५ रातोडाँडा स्थित नगर विकास समितिले उपलब्ध गराएको पाँच कट्ठा जमिनमा भवन निर्माण गरेर नाक, कान, घाँटी अस्पताल सञ्चालन गर्ने योजना अगाडि सारेको प्रमुख थापाले बताए । लमही आँखा अस्पतालको रणनीतिक कार्ययोजना समेत निर्माण गरेर आँखासँगै नाक, कान, घाँटीको पनि छुट्टै अस्पताल निर्माण गर्ने योजना रहेको छ ।

यस्तै ‘नेपाल नेत्रज्योति संघले आँखासँगै नाक, कान, घाँटी को प्राथमीक सेवाका साथै अस्पताल सञ्चालन गर्ने विधानमा समेत उल्लेख गरेकाले लमही आँखा अस्पतालमा नाक, कान, घाँटीको अस्पताल सञ्चालन गर्ने तयारी गरेको नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीले जानकारी दिए । ‘हामीले प्राथमिक उपचार सेवा अस्पताल र उपचार केन्द्रबाट दिएका छौँ, अब लमहीबाट विशेषज्ञ सेवा दिइरहेका छौँ, निकट भविषयमै अस्पतालको रूपमा विकास गर्ने योजना छ’, केन्द्रीय सदस्य समेत रहेका गिरीले भने ।

त्यस्तै नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल छन्द कालेबाबु नारायणी आँखा अस्पताल र रुकुम आँखा उपचार केन्द्रले करिब ५० हजार बढीलाई प्राथमिक कान उपचार सेवा दिइसकेको अस्पतालले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]