Sidha Patra सोमबार, साउन २८, २०८१

दाङ । दाङ जिल्लाको तुलसीपुर र राजपुरगरि दुई स्थानबाट भरुवा बन्दुक सहित तीन जना पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ ठूला खालीस्थित गादीबरा सामुदायिक वनबाट तुलसीपुर–४ सुनवलपुरका ३६ वर्षीय टंक थापा र २९ वर्षीय युवराज गिरी भरुवा बन्दुक सहित पक्राउ परेका हुन् ।

त्यस्तै उनीहरुको साथबाट एक भरुवा बन्दुक र २१ राउण्ड गोली फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राम प्रसाद तिमल्सिनाले बताए । शनिबार राति वनमा शंकास्पदरुपमा केही व्यक्तिहरु हिडिरहेको भन्ने सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोष्ट गोठीखोलाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको उनले जानकारी दिए ।

यसैगरी राजपुर गाउँपालिका वडा नम्बर ४ फोहराका इच्छा कुमार रैदासलाई आइतबार दिउँसो एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको डिएसपी तिमल्सिनाले बताए । स्थानीय वनशक्ति सामुदायीक वनमा शिकार खेल्न गइरहेको अवस्थामा रैदासलाई इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी चङ्गवाबाट खटिएको प्रहरीले फेला पारेको उनले बताए । तीनै जनालाई थुनामा राखेर थप अनुसन्धान गरिरहेको तिमिल्सिनाले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]