टेकबहादुर पुन/जिल्ला ब्युरो शनिबार, साउन २६, २०८१

दाङ । देउखुरी उद्योग बाणिज्य संघको २१ औँ बार्षिक साधारण सभा लमहीमा सम्पन्न भएको छ ।

देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजँग सिँह ठकुरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्य एबम् नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदी र लमही नगरकि उपप्रमुख लक्ष्मी योगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगर प्रमुख जोगराज चौधरीले खस्किदो ब्यबसायप्रती चिन्ता ब्यक्त गर्दै समय सधै एउटै नहुने र ब्यबसाय बढ्ने दिनपनि आउने बताए । बिश्वको अर्थतन्त्र ओरालो लागेको बेला नेपालको ब्यबसायमा पनि असर परेको बताउँदै प्रमुख चौधरीले ब्यबसायीको हकहितमा आफु सधै लाग्ने बताए । सरकारले ल्याएको मौद्रिक नीतिले ब्यबसाय चलायमान हुने र ब्यबसाय बढ्ने कुरामा बिश्वस्त रहन आग्रह गरे । उनले स्थानिय सरकार सधै ब्यबसायको हकहितको पक्षमा रहेको बताए ।

संघका बरिष्ठ उपाध्यक्ष केशबराज पोखरेलको स्वागत मन्तब्यबाट शुरु भएको कमर्यक्रममा दाङजिल्ला उद्योग बाणिज्य संघका उपाध्यक्ष धुर्ब बहादुर गहतराज, देउखुरी उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष लिलाराम खनाल, निबर्तमान अध्यक्ष खगेश्वर खनाल, नागरिक समाज दाङका अध्यक्ष निम बहादुर थापा, नेपाली काँग्रेस लमही नगर सचिब प्रेम कालाथोकि, राष्ट्रिय जनमोर्चाका लेखराज आचार्य लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सभामा कोषाध्यक्ष हरिबहादुर थापाले २३ लाख ६५ हजार ४ सय ७९ रुपैया २४ पैशाको आयब्यय प्रस्तुत गरे ।त्यस्तै सँस्थाले बिधान संशोधन गर्दै सभा पास गरेको छ । महासचिब ईश्वर प्रकाश श्रेष्ठको संयोजकत्वमा हरि बहादुर थापा र वसन्त कुमार सदस्य रहेको बिधान संशोधन समितीले सभामा ६८ बुँदे शँसोदित बुँदाहरु प्रस्तुत गरेको थियो । बिधानमा भएका संशोधन, खारेजी तथा थप गरिएका बुँदाहरु सभाले पास गरेको अध्यक्ष कमलजँग सिँहले बताए । कार्यक्रमको सहजिकरण संघका महासचिब ईश्वर प्रकाश पोखरेलले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]