Sidha Patra मंगलबार, साउन २२, २०८१

बागलुङ । बागलुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । जिल्लाको बडिगाड गाउँपालिका ९ र १० नम्बर वडामा अविरल वर्षाका कारण आएको पहिरोमा परी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वडा नम्बर १० स्थित दर्लिङको आरुपाटामा ६ जनाको मृत्यु भएको छ भने वडा नम्बर ९ को नयाँ बस्तीमा २ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । त्यस्तै उनका अनुसार वडा नम्बर १० मा मृत्यु हुनेमा ७ वर्षकी मालती बुढा, सोही उमेरकी मधु बुढा, १२ वर्षका मनोज बुढा, सोही उमेरका अमन बुढा, सञ्जु विककी ६ महिनाकी छोरी र ५९ वर्षकी मैतीदेवी बिकको मृत्यु भएको छ ।

यस्तै गम्भीर घाइते हुनेमा संगीता बुढा, सुमित्रा बिक, सीता थापा र मङ्गलसिंह बुढा रहेका छन् । यस्तै ९ का १५ वर्षीय विधान परियार र २४ वर्षीय गङ्गा बस्नेतको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]