
Nsb
Gsb
Fmb
jsb
Csb
Ppu
Ksb
Tgp
Ksb
Rsb
Bsn
Ksb
Ssb
Rks
Ssb
Usb

Tsb
Ssb
Gsb
Hl1
Usb

ptl
Nps
Rgu
दाङ । लमहीबाट लागूऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा लमही–५ न्युरोडका २२ वर्षीय रवि रसाइली, गोरक्षरोडका २५ वर्षीय आकाश रोका मगर,गढवा गाउँपालिका– ६ कोइलावासका ३६ वर्षीय अब्दुल जम्बार रङरेज र भारत उत्तरप्रदेश बलारामपुर जिल्ला तुलसीपुर ग्राम पञ्चायत बालापुर स्थायी घर भई लमही–५ आदर्शटोलमा डेरा गरी बस्ने वर्ष २२ को गुलाम मस्ताफा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए
त्यस्तै उनीहरुलाई शनिबार राति करिब साढे ९ बजेको समयमा लमही नगरपालिका–५ मालपोत रोडमा झुण्ड भई बसिरहेको अवस्थामा फेला पारेको प्रवक्ता तिमल्सिनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख रहेको छ । लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटाएको र उनीहरुलाइ खानतलास गर्दा धागोले बाँधी बनाएको पुडिया एक र कालो प्लाष्टिकमा बनाएको पुडिया एक गरी जम्मा दुई पुडिया लागूऔषध ब्राउनसुगर भेटिएको हो ।
त्यसको तौल प्लाष्टिक सहित तीन सय ८० ग्राम र प्लाष्टिक हटाई धुलो पदार्थको तौल एक सय २० ग्राम रहेको छ । उनीहरुलाई अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता तिमल्सिनाले जानकारी दिए ।
