Sidha Patra मंगलबार, साउन २२, २०८१

दाङ । लमहीबाट लागूऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा लमही–५ न्युरोडका २२ वर्षीय रवि रसाइली, गोरक्षरोडका २५ वर्षीय आकाश रोका मगर,गढवा गाउँपालिका– ६ कोइलावासका ३६ वर्षीय अब्दुल जम्बार रङरेज र भारत उत्तरप्रदेश बलारामपुर जिल्ला तुलसीपुर ग्राम पञ्चायत बालापुर स्थायी घर भई लमही–५ आदर्शटोलमा डेरा गरी बस्ने वर्ष २२ को गुलाम मस्ताफा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए

त्यस्तै उनीहरुलाई शनिबार राति करिब साढे ९ बजेको समयमा लमही नगरपालिका–५ मालपोत रोडमा झुण्ड भई बसिरहेको अवस्थामा फेला पारेको प्रवक्ता तिमल्सिनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख रहेको छ । लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटाएको र उनीहरुलाइ खानतलास गर्दा धागोले बाँधी बनाएको पुडिया एक र कालो प्लाष्टिकमा बनाएको पुडिया एक गरी जम्मा दुई पुडिया लागूऔषध ब्राउनसुगर भेटिएको हो ।

त्यसको तौल प्लाष्टिक सहित तीन सय ८० ग्राम र प्लाष्टिक हटाई धुलो पदार्थको तौल एक सय २० ग्राम रहेको छ । उनीहरुलाई अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता तिमल्सिनाले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]