
Gsbg-3
Jsbg-7
Csbg-7
Gsbr-6
Msbg-2
jsbr-3
Rksr-7
ksbl-7
Usbl-7
Pbu


दाङ । देउखुरीको राप्ती गाउँपालिकाकाे दाेस्राे गाउँसभाकाे पाँचौं अधिवेशन तथा वर्षे अधिवेशन सम्पन्न भएको छ।
आइतबार दाेस्राे गाउँसभाकाे पाँचौं अधिवेशनकाे पाँचौं बैठक सकिए सँगै साे अधिवेशनकाे सम्पन्न भएको हाे । गत असार ३ गतेदेखि सुरुवात भएको अधिवेशनले आर्थिक वर्ष २०८१/०८२ काे वार्षिक बजेट सँगै विभिन्न विधेयक तथा समितिहरुकाे प्रतिवेदन पारित गरेकाे गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिए ।
प्रवक्ता चाैधरीका अनुसार सभाले सभाका सदस्य कमलापती चाैधरीले प्रस्तुत गरेकि आर्थिक वर्षको २०८१/०८२ काे वार्षिक बजेट,रिम बहादुर सुनारी मगरले प्रस्तुत गरेका विनियोजन विधेयक २०८१ र गेमे खड्काले प्रस्तुत गरेका आर्थिक विधेयक २०८१ पारित गरेको छ।
त्यस्तै सभाका सदस्य तथा न्यायीक समितिका संयाेजक कमलापती चाैधरीले प्रस्तुत गरेकि न्यायीक समितिको प्रगति प्रतिवेदन २०८१ र आर्थिक वर्ष २०८०/०८१ काे योजना अनुगमन तथा सुपरिवेक्षण समितिको प्रतिवेदन २०८१ समेत पारित गरेको छ।
सभा सदस्य विष्णु पाेख्रेलले प्रस्तुत गरेका विधायन समितिको प्रतिवेदन २०८१,बलिराम चाैधरीले प्रस्तुत गरेका दिगो विकास तथा सुशासन समितिको प्रतिवेदन २०८१ र राेशन चाैधरीले प्रस्तुत गरेका सार्वजनिक लेखा समितिको प्रतिवेदन २०८१ सभाले पारित गरेको छ ।
सभामा सचिव तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले समग्र पालिका कार्यालयकाे र अन्य विभिन्न शाखाका शाखा प्रमुखहरुले शाखागत वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
सभाकाे शून्य समयमा सभाका सदस्यहरुले विभिन्न जनजीविकाका विषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए । सभाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाकाे समृद्ध र विकासका लागि सबैकाे सकारात्मक साथ र सहयोग हुनु पर्ने बताए ।

