
Msbg-2
Gsbr-6
Gsbg-3
Rksr-7
Usbl-7
Jsbg-7
ksbl-7
Csbg-7
jsbr-3
Pbu


रुकुम पश्चिम । रुकुम पश्चिममा १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका वडा नम्बर १ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन् ।
यस्तै उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका–१ चौरजहारी बजारस्थित होटेलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानाएको छ ।
