
Mbdvs
mbd
Rbs
Pbu
Sds
Gisld

Ssm
Rsb
Rgs
Vor
Ksm
Bbbpu
Ggd
Rgu
Gst
Wsp
Sls
Hal
Pvg
Sbs
nsb
Rgu
Tsm
Bbu
Asm

Syp
Rmb
Bml
Abd
Rpp
Ptm
Gsb
Mks
Pls
Jmb
bbt
sab
Jmb
यमनको दक्षिणी शहर एडेनमा रहेको विमानस्थलमा भएको आक्रमणमा कम्तिमा २२ जनाको ज्यान गएको छ । अरु ५० जना भन्दा बढि घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युद्धले धुजाधुजा पारेको यमनका नयाँ सरकारका प्रतिनिधिलाई लिएर छिमेकी देश साउदी अरेबियाबाट विमान आएको केहीबेरमै विमानस्थलमा कम्तिमा एउटा बिस्फोट भएको हो ।
प्रधानमन्त्री माइन अब्दुलमलिक सैदले आफू र आफ्नो मन्त्रीमण्डलका सदस्य सुरक्षित रहेको बताएका छन् । बिस्फोटमा परि ज्यान गुमाउने तथा घाइते हुनेमा सहायताकर्मी तथा सरकारी अधिकारीहरु रहेको बताइएको छ । सञ्चारमन्त्रीले आक्रमणका पछाडि हुथी बिद्रोहीको हात रहेको र यो अति कायर आक्रमण रहेको बताएका छन् ।
यमनमा सन् २०१५ देखि युद्ध जारी छ । हुथी बिद्रोहीलाई परास्थ गरि राष्ट्रपति अब्ड्राब्बुह मन्सुर हादीको शासन स्थापित गर्नका लागि साउदी अरेबियाको नेतृत्वमा त्यहाँ आक्रमण हुँदै आएको छ । अहिलेसम्म युद्धमा परि एक लाख १० हजार भन्दा बढि यमनीको ज्यान गएको छ । बुधबार एडेन विमानस्थलमा भएको घटनाको भिडियोमा देखिए अनुसार ठूलो बिस्फोट देखिन्छ । नयाँ मन्त्रीमण्डलका सदस्य सवार विमानबाट यात्रुहरु निस्कन लागेका बेला बिस्फोट भएको हो ।
मन्त्रीहरुको स्वागतका लागि पुगेकाहरु बिस्फोटपछि भाग्दै गरेको तथा गोली चलेको आवाज पनि भिडियोमा सुनिन्छ । कम्तिमा दुईवटा बिस्फोट भएको एएफपी समाचार संस्थानका रिपोर्टरले बताएका छन् । बिस्फोटको कारण खुलेको छैन, तर सुरक्षा स्रोतले समाचार संस्था रोयटर्सलाई विमानस्थलको टर्मिनलमा तीनवटा मोटार शेल्स खसेको बताएका छन् ।
तर साउदी टेलिभिजन अल–हादाथले मिसाइल आक्रमण भएको बताएको छ । सन् २०१९ को अगस्टमा एडेनको एक सैन्य परेडमा हुथीले गरेको मिसाइल आक्रमणमा ३६ जनाको ज्यान गएको थियो । बुधबारको आक्रमणमा केही मन्त्रीहरु घाइते भएको र उनीहरुसहित सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको उल्लेख छ ।
