
Ratbs
syysr
Rbs
Ssbus
gms
Syees
Csbus
Nssbus7
Bksbus5
Ddhbs
Gsbus
Gsl
Jsbus
dsbus
Amb
Pbu

Rgu
nsb
Gst
Rgu
Rsb
Hal
Vor
Ggd
Ssm
Bbbpu
Asm
Pvg
Sls
Rgs
Wsp
Sbs
Tsm
Ksm
Bbu

Mks
Jmb
Gsb
Rmb
Rpp
Jmb
sab
Syp
Abd
Pls
Ptm
bbt
Bml
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शैक्षिक गुणस्तर सुधार गर्नको लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।
राप्ती गाउँपालिका वडा नम्बर ८ स्थित शंकर माध्यमिक विद्यालय पिपरीले एसईई नतिजाकाे समिक्षा तथा शैक्षिक गुणस्तर सुधारका लागि शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् ।
यस वर्षलाई गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारको वर्षको रुपमा लिएको बताउदै अध्यक्ष विष्टले शैक्षिक गुणस्तर सुधार गर्न लागि शिक्षक, विद्यार्थी,अभिभावक लगायत शिक्षा संबद्ध सम्पूर्ण सराेकारवालाहरु जिम्मेवार बन्नुपर्ने बताए । “हामीमा अंक र ग्रेडले मात्र मूल्यांकन गर्ने चलन छ”,अध्यक्ष विष्टले भने – अंक र ग्रेडले मात्र सबै कुराको निर्धारण हुँदैन । यसाे भन्दै गर्दा विद्यार्थीले उच्च अंक नल्याए पनि हुन्छ भन्न खाेजेकाे हाेइन । अंक सँगसँगै विद्यालयका अन्य कमीकमजोरीहरु पनि सच्याउँदै जानु पर्छ,अध्यक्ष विष्टले भने ।”
त्यस्तै उनले परीक्षाकाे मूल्यांकन प्रणालीमा पनि सुधार आवश्यक रहेको बताए । विद्यालयकाे गुणस्तर सुधार गर्नका लागि अब पालिकाले विद्यालय सँग र विद्यालयले शिक्षकहरू सँग कार्य सम्पादन सम्झौता गरेर अघि बढ्नु पर्ने अध्यक्ष विष्टको भनाइ रहेको थियो । शिक्षाकाे सुधार बिना अन्य कुराकाे सुधार हुन नसक्ने बताउदै अध्यक्ष विष्टले विद्यालयहरुले विद्यालयमा भएका साधनस्रोतको अधिकतम उपयोग गर्नुपर्ने बताए ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास विकले जिल्ला तथा पालिका तहको एसईई परीक्षाको नतिजा बारे जानकारी गराउदै त्यसको सुधारको लागि शिक्षक,विद्यार्थी र अभिभावक बढी जिम्मेवार बन्नुपर्ने बताए ।
“अब शिक्षकहरूले विद्यालयकाे शैक्षिक उपलब्धि वृद्धि गर्न एउटा निश्चित लक्ष्य लिएर अघि बढ्नुपर्छ।”,शाखा प्रमुख विकले भने,-“त्यसको लागि पाठ्यक्रमले निर्धारण गरेको बिषय बस्तु अनुसार दैनिक पाठयाेजना बनाएर मात्रै शिक्षकहरु कक्षा काेठामा प्रवेश गर्नुपर्छ।”
त्यस्तै शाखा प्रमुख विकले आगामी दिनमा विद्यालयकाे शैक्षिक गुणस्तर सुधार गरि शैक्षिक सिकाई उपलब्धि वृद्धि गर्न विद्यालयले दिवा आवासीय सेवा सञ्चालन गरि अतिरिक्त कक्षामा जाेड दिन आवश्यक रहेको बताए । अब पालिकाले विद्यालयहरुमा निरन्तर अनुगमन गर्ने र त्यस सँगसँगै अभिभावकहरुमा पनि अभिभावक शिक्षा सञ्चालन गर्ने शाखा प्रमुख विकको भनाइ थियो । पूर्व स्राेत व्यक्ति तथा विद्यालयका सल्लाहकार गणेश कुमार चाैधरीले एकले अर्कालाई दाेष दिएर मात्र समस्या समाधान हुने बताउदै त्यसकाे लागि सबैको सहयोग र सहकार्य आवश्यक हुने बताए ।
पूर्व शिक्षक कृष्ण गिरीले शैक्षिक गुणस्तर कायम हुन नसक्नुको कारण पहिचान गरि त्यस तर्फ सबै गम्भीर हुनुपर्ने बताए । उनले शिक्षकहरूमा पठनपाठनकाे पूर्व तयारी, विद्यार्थीहरुमा उत्प्रेरणा,अनुशासन सँगै शिक्षक शिक्षकबीच सहकार्य र आत्मीयता हुन जरुरी रहेको बताए । वर्षैदेखि एउटै शिक्षक एउटै विद्यालयमा अध्यापन गराउदा शिक्षक र विद्यार्थीहरू दुबैमा उत्साह र जाँगर घट्दै जाने हुँदा समय, समयमा शिक्षकहरुलाई मर्का नपर्ने गरि पालिका भित्र अन्तर विद्यालय शिक्षक सरुवा समेत पालिकाले गर्नुपर्ने गिरीकाे भनाइ थियो । त्यस्तै पूर्व शिक्षक रमेश अधिकारीले सबैले आआफ्नो कर्तव्य पूरा गरे शिक्षाकाे गुणस्तर सुधार हुने बताए । पूर्व शिक्षक ऋषीराम चाैधरीले शिक्षाकाे उद्वार नितिले एसईईकाे नतिजामामा असर गरेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद चाैधरीले शिक्षकसँगै अभिभावक पनि जिम्मेवार हुनुपर्ने बताए । उनले भने ,- “इमान्दारीपूर्वक अगाडि बढौं। विगत भन्दा राम्रो नतिजा ल्याउन प्रतिवद्ध भएर लागौं ।” चाैधरीले अभिभावकहरु धेरै समय सामाजिक संजालमा व्यस्त नभइ आफ्ना बालबालिकाको हेरचाहमा लाग्नुपर्ने बताए ।
विद्यालयका प्रधानाध्यापक सुवर्णमान चाैधरीले शिक्षकको एक्लो प्रयासले मात्र शैक्षिक गुणस्तर सुधार हुन सक्ने भएकाले सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए । प्रधानाध्यापक चाैधरीले समयमै तह गत विषय शिक्षककाे व्यवस्था नहुँदा पठनपाठनमा समस्या भएको बताए । आगामी शैक्षिक सत्रमा विद्यालयकाे शैक्षिक सिकाई उपलब्धि वृद्धि गर्न आफूहरू प्रतिबद्ध रहेको बताउदै प्रधानाध्यापक चाैधरीले अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरुलाई घरमा पठनपाठनकाे वातावरण मिलाउनु पर्ने बताए ।
त्यस्तै विद्यालयका शिक्षक राम कुमार चाैधरीले तल्लो कक्षामा पूर्व प्राथमिक कक्षा र उपल्लो तहका कम्जोर विद्यार्थीहरूलाई थप अतिरिक्त कक्षा सञ्चालन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा अभिभावक रामकृष्ण सुन्दास,एकराज पाेख्रेल, प्रकाश आचार्य ,चित्रकला बस्नेत,सनिराम चाैधरी,पुरन चाैधरी, मिना पाेख्रेल लगायतले विद्यालयमा देखिएका समस्या र त्यसको समाधानका उपायहरूकाे बारेमा सुझाव राखेका थिए भने कार्यक्रमकाे सहजीकरण शिक्षक माधव न्याैपानेले गरेका थिए ।

