
Sgr
Rgp
Unsku
Lnp
Pbu
Ggp
pku
Srbpu

Gst
Sls
Wsp
Ssm
Sbs
Pvg
Ggd
Hal
nsb
Asm
Vor
Rgu
Rsb
Ksm
Rgs
Rgu
Tsm

Pls
Syp
Ptm
Gsb
Bml
Mks
Rpp
दाङ । गढवा उद्योग बाणिज्य संघले आन्तरीक राजश्व कार्यालयसंगको समन्वयमा यहि श्रावण ३ गतेदेखि ब्यवसायीहरुलाई कर बुझाउन घरदैलो सेवा प्रवाह गर्ने भएको छ ।
संघको हालै सम्पन्न बैठकले आफ्नो कार्यक्षेत्र भित्र रहेका ब्यवसायीहरुलाई कर बुझाउने सहजताका लागि घरदैलो सेवा प्रवाह गर्न थालेको अध्यक्ष ओंम प्रकाश बसेलले बताए । संघमा आवद्ध तथा दर्ता भएका ब्यवसायीहरुले घरदैलो शिविरमा आफ्नो कारोवार बमोजिमको आयकर तथा अन्तशुल्कः बुझाउृन सक्ने छन् ।
त्यस्तै आयकर वापत डेवान फाराम मार्फत् २ हजार पाँचसय र अन्तःशुल्कमा दर्ता गरि इजाजत पत्र लिएका ब्यवसायीहरुले आयकरका साथै सरकारले तोकेबमोजिमको ६ हजार रुपियाँ तिनुपर्ने संघले जनाएको छ । निर्धारित कार्यक्रम अनुसार साउन ३ गते बिहान ८ बजेदेखि गढवाको धानखोला, दिउँसो १२ बजेदेखि कालाकाटे र वेलुका ४.३० बजेदेखि पुतलीबजारमा शिविर संचालन गरिने संघले जनाएको छ ।
यसैगरी साउन ४ गते बिहान महदेवा, दिउँसो १२ बजेदेखि गोबरडिहा र ४ बजेपछि रामनगरमा शिविर संचालन गरिने भएको छ । साउन ५ गते संघको १० औं बार्षिकोत्सवको उपलक्ष्यमा गढवा स्थित सर्पदंश उपचार केन्द्रमा बृक्षारोपण गर्ने र बेलुका कार्यालयमा दिप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको संघले जनाएको छ । साउन ६ गते बिहान ८ बजेदेखि राजपुरको गंगदीमा दिउँसो १२ बजेदेखि जंग्रहवा चोंकमा तथा बेलुका ४ बजेदेखि भैसहवा चोंकमा शिविर सञ्चालन गरिने भएको छ ।
यसैगरी साउन ७ गते बिहान ८ बजेदेखि राजपुरको वेला चोंकमा तथा दिउँसो १२ बजेदेखि साझसम्म राजपुरको कठबेरुवा क्षेत्रमा घरदैलो सेवा प्रवाह गरिने भएको छ । साउन ८ गते बिहान ९ बजेदेखि संघको गढवा स्थित कार्यालयमा दिनभर शिविर सञ्चालन गरिने कार्यक्रम तय भैसकेको संघले जनाएको छ । बैठकले उद्योगी,ब्यवसायी,शिक्षक कर्मचारी लगायत सबैलाई खाता संचालनगरि बैंकीङ कारोवारमा सहजताकालागि नेपाल बैंकको शाखा कार्यालय गढवामा स्थापना गर्न नेपाल बैंक लि. लमहीमा मागपत्र बुझाउने निर्णय गरेको छ । यसैगरी बढ्दो अघोषित लोडसेडिङले उद्योगी ब्यवसायी तथा आम नागरिकहरुमा पर्न गएको समस्याका बिषयमा नेपाल बिद्याुत्त प्राधिकरण लमहीलाई ध्यानाकर्षण गराउने निर्णय समेत भएको संघका अध्यक्ष बसेलले जानकारी दिए ।
