
Rbs
Ratbs
gms
dsbus
Jsbus
Bksbus5
Syees
syysr
Ssbus
Amb
Pbu
Ddhbs
Nssbus7
Csbus
Gsbus
Gsl

Gst
Asm
Sbs
Hal
nsb
Ggd
Tsm
Pvg
Rgu
Ssm
Sls
Ksm
Vor
Bbbpu
Bbu
Rgs
Rgu
Wsp
Rsb

Rpp
Jmb
Jmb
Mks
Abd
Gsb
Syp
sab
Bml
Ptm
Rmb
bbt
Pls
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले भर्खरै प्रकाशित एसईई परीक्षाको नतिजाकाे समिक्षा गरेको छ।
गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरुकाे नतिजा कम्जोर देखिए पछि साे विषयमा समिक्षा गरिएको हाे । पालिकाकाे शिक्षा शाखाकाे आयोजनामा बुधबार गाउँ शिक्षा समिति, माध्यमिक तह सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापक,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,नेपाल शिक्षक महासंघका अध्यक्ष लगायत विभिन्न पेशागत शिक्षक संघ संगठनहरुकाे संयुक्त बैठक बसी समिक्षा गरिएको हाे।
समिक्षा बैठकका सहभागीहरुले एसईई परीक्षाको नतिजा कम्जोर हुनुमा सबै पक्षले जिम्मेवारी लिनुपर्ने बताए । उनिहरुले परीक्षा मूल्यांकन प्रणाली अस्थिर हुनु,शिक्षक, विद्यार्थी र अभिभावकहरु आफ्नो काम र कर्तव्य प्रति जिम्मेवार नहुनु,विषयगत शिक्षकको अभाव हुनु,छिटोछिटो शिक्षक सरुवा हुनु, विद्यार्थीहरुमा नपढे पनि पास भइन्छ भन्ने मानसिकता हुनु लगायतका कारण नतिजा कम्जोर आएको बताएका थिए ।
त्यस्तै सहभागीहरुले परीक्षा मूल्यांकन प्रणाली परिवर्तन, शिक्षक,विद्यार्थी र अभिभावकहरु आफ्नो काम र कर्तव्य प्रति जिम्मेवार,शिक्षकहरू बीच आपसी समझदारी,नेपाल सरकारले निर्धारण गरेको पाठ्यक्रमकाे पूर्ण रुपले व्यबहारमा लागू गरे विद्यालय शिक्षामा गुणस्तरमा वृद्धि गरि आगामी परीक्षामा राम्रो नतिजा ल्याउन सकिने बताएका थिए । उनिहरुले शैक्षिक गुणस्तर सुधार गर्न गाउँगाउँमा अभिभावक शिक्षा सञ्चालन,विद्यालय अनुगमनलाई कडाइसाथ तिव्रता, पालिकाले तल्लो तह देखि नै छुट्टै परीक्षा प्रणाली विकास गरि परीक्षा सञ्चालन,शिक्षकहरुलाई पेशागत सहायक सामाग्री प्रदान, अतिरिक्त कक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
बैठकमा राप्ती गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयाेजक प्रकाश विष्टले विद्यालय शिक्षामा गुणस्तर सुधार गर्नको लागि सबै पक्ष एक भएर लाग्नुपर्ने बताएका छन् । राज्यले लगानी गरेरमात्रै केही नहुने भन्दै अध्यक्ष विष्टले त्यसको लागि शिक्षक,विद्यार्थी,अभिभावक लगायत शिक्षासँग सम्बद्ध सबै जिम्मेवार बन्नुपर्ने बताए ।
त्यस्तै अध्यक्ष विष्टले विद्यालय र विद्यार्थीहरुलाई वर्गीकरण गरि पठनपाठनकाे व्यवस्था मिलाउनु पर्ने,पाहुना शिक्षकको अवधारणा लागू गर्नुपर्ने र समयसमयमा शिक्षकहरूलाई आवश्यक तालिम प्रदान गर्नुपर्ने आवश्यकता देखिएको बताए ।
आगामी दिनमा विद्यालय अनुगमनलाई थप कडाइसाथ अघि बढाउने बताउदै अध्यक्ष विष्टले एसईईकाे पूरक परीक्षा दिने विद्यार्थीहरुलाई कुनै पनि कुराकाे कमी नहुने गरि पढाइको व्यवस्था मिलाउन विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई निर्देशन दिएका छन् ।
