
Sds
Rbs
Mbdvs
Gisld
mbd
Pbu

Bbu
Pvg
Sbs
Rsb
Ssm
nsb
Ksm
Wsp
Tsm
Rgu
Rgu
Rgs
Ggd
Sls
Bbbpu
Gst
Asm
Hal
Vor

Ptm
Bml
Abd
Jmb
Jmb
Mks
bbt
Gsb
Syp
Rmb
Pls
sab
Rpp
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा नेपाली काँग्रेस पार्टीको वडा स्तरिय कार्यालय भवनको आइतबार उद्घाटन भएको छ ।
नेपाली काँग्रेस वडा कमिटीका सभापती सालिकराम चौधरीको सभापतित्व तथा नेपाली काँग्रेस दाङ क्षत्र नम्बर १ का सभापती भेषराज पाण्डेयको प्रमुख आतिथ्यमा कार्यालयको उद्घाटन गरिएको हो ।
सोही अबसरमा ७३ सदस्यिय नेपाली काँग्रेस वडा कमिटि पनि गठन गरिएको छ । वडा सभापती सालिकराम चौधरीको सँयोजकत्वमा ७ नम्बर वडा स्तरिय वडा कमिटि गठन गरिएको हो । जसको उप सँयोजकमा सन्तराम चौधरी, सचिब नारायण प्रसाद मज्गैँया,सह सचिब धनपाटी चौधरी, कोषाध्यक्ष साबित्रा घर्ती लगायत अन्य सदस्य रहेका छन् । नव गठित वडा कमिटिले नेपाली काँग्रेस दाङ क्षत्र नम्बर १ ले सोमबार लमहीमा आयोजना गरेको सँसद बिघटन बिरुद्दको कार्यक्रममा प्रमुख भुमिका निर्बाह गर्ने छ । लगत्तै टोल कमिटि गठनका लागी अग्रनी भुमिकामा तत्पर रहनेछ ।
लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य जानकिलाल बस्नेत, महासमिति पुर्ब सदस्य मधु न्यौपाने,नेवि संघका पुर्ब सभापती घनस्याम सुवेदी लगायतले आ-आफ्नो भनाई राख्दै देशब्यापी रुपमा हुन गईरहेको सँसद बिघटन बिरुद्दको कार्यक्रममा उपस्थित हुन अनुरोध गर्नु भयो ।
आपसी बिवादका कारण मुलुक तरल अबस्थामा पुगेको बताउँदै उहाँहरुले अब काँग्रेसको बिकल्प नरहेको समेत स्पष्ट पार्नु भएको छ । प्रमुख प्रतिपक्षी काँग्रेसले जिम्मेवारी भुमिका निर्बाह गर्दापनि आपसी बिवादका कारण मुलुकलाई सँकट तर्फ धकेलीरहेको काँग्रेस नेताहरुको भनाई रहेको थियो । उहाँहरुले नेकपा सरकारको गतिबिधि सबै जनताले बुझ्नुपर्ने आबस्यक रहेको बताउनु भएको थियो । पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमको सञ्चालन नारायण प्रसाद मज्गैँयाले गर्नु भएको थियो ।
