
Sds
Gisld
Pbu
Mbdvs
Rbs
mbd

Rgs
Gst
Tsm
Hal
Rgu
Ssm
Sls
Ksm
Vor
Asm
Sbs
Bbbpu
nsb
Rgu
Rsb
Wsp
Bbu
Ggd
Pvg

bbt
Ptm
sab
Abd
Bml
Pls
Syp
Rpp
Jmb
Mks
Jmb
Rmb
Gsb
दाङ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ दाङ क्षेत्र नम्बर १ ले प्रतिनिधि सभा विघटनको विरोधमा यहि पुुस १३ गते कांग्रेसले गर्न लागेको प्रर्दशनमा सहभागि हुन सबैमा अपिल गरेको छ ।
संघको पाटी कार्यालय लमहीमा आज शनिबार बसेको बैठकले संसद विघटन र सरकारका पछिल्ला कदमबारे देशव्यापी रुपमा गर्न लागिएको विरोध प्रर्दशनमा सहभागी हुन सबै नागरिकलाई आग्रह गरेको हो । सरकार पछिल्लो समय जनताका भन्दा पनि आफ्ना समस्यामा बढी केन्द्रीत भएको संघको बैठकले निश्कर्षसमेत निकालेको छ । बैठकले नेतृत्वमा सत्ता मोह र नेकपामा देखिएको प्रवृतिका कारण जनताले समस्या भोग्नुपरेको निष्कर्ष निकाल्दै खबरदारीका लागि जनताको साथ आवश्यक रहेको निष्कर्ष निकालेको छ । कोरोना महामारीमा सरकार गम्भिर हुन नसकेको, अनियमितता र भ्रष्टाचार मौलाएकोले जनता अहिले सडकमा आउनुपरेको भन्दै संघले देशमा सुशासन कायम हुन नसकेको बताएको छ ।
नेपाल दलित संघ दाङ क्षेत्र नम्बर १ का सभापति प्रवल रसाइलीको अध्यक्षतामा बैठक बसेको हो । महाधिवेशन प्रतिनिधि तारा नेपाली, नेपाल दलित विद्यार्थी संघका जिल्ला अध्यक्ष कलसिंङ विक, दलित संघ क्षेत्र नम्बर १ निवर्तमान अध्यक्ष चन्द्र नेपाली लगायतले नागरिक अहिले पनि रोग र भोकमा छट्पटाउन बाध्य पारिएको भन्दै पुस १३ गतेको दिन देशव्यापी रुपमा हुन लागेको विरोध प्रर्दशनमा सहभागिता लागि सबैमा आग्रह गर्नुभयो ।
