
Lnp
Pbu
Srbpu
Ggp
Sgr
Rgp1
Rgp
Unsku
pku

Asm
Rgu
nsb
Bbu
Ksm
Vor
Hal
Sls
Rgs
Rsb
Pvg
Ggd
Gst
Ssm
Wsp
Rgu
Bbbpu
Sbs
Tsm

bbt
Abd
Mks
Rpp
Bml
Gsb
Jmb
Ptm
Rmb
Pls
sab
Syp
Jmb
बाँके । गएराति आएको हुरीबतासले पर्खाल भत्किँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर–१४, वीरगञ्जका मीना खातुन छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार कोहलपुरको हवल्दारुरमा हुरीबतासले पर्खाल भत्किँदा खातुनलाई च्यापेको हो । खातुनले स्थानीय राम्रो इन्टरप्राइजेज लगायतमा काम गर्ने गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै विद्युत्को पोलमा क्षति पुर्याउँदा बाँकेका केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द भएको छ ।जिल्लाको डुडुवा,राप्तीसोनारी,नरैनापुर लगायतका स्थानमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण शाखाका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए । लामिछानेले राप्तीसोनारीको जंगलमा रुख ढलेको र त्यसलाई हटाउन केही समय लाग्ने भएकाले विद्युत् आपूर्ति सहज गराउन समय लाग्ने बताए । उनका अनुसार कोहलपुरमा ९, डुडुवामा ९, खजुरामा ८ र राप्तीसोनारीमा ५ गरी ३१ विद्युतीय पोल ढलेको अवस्थामा छन् । ‘अझै कहाँ–कहाँ कति ढलेका छन्, विस्तृत विवरण आएको छैन’, उनले भने । हुरी बतासका कारण जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर १ खडैचामा आगलागी हुँदा ३४ खरले छाएका घर जलेका छन् । घरमा रहेका अन्नपातसमेत जलेको प्रहरीले जानकारी दिएको छ ।
