Sidha Patra बिहिबार, आषाढ ०६, २०८१

बाँके । गएराति आएको हुरीबतासले पर्खाल भत्किँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर–१४, वीरगञ्जका मीना खातुन छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार कोहलपुरको हवल्दारुरमा हुरीबतासले पर्खाल भत्किँदा खातुनलाई च्यापेको हो । खातुनले स्थानीय राम्रो इन्टरप्राइजेज लगायतमा काम गर्ने गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै विद्युत्‌को पोलमा क्षति पुर्‍याउँदा बाँकेका केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द भएको छ ।जिल्लाको डुडुवा,राप्तीसोनारी,नरैनापुर लगायतका स्थानमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण शाखाका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए । लामिछानेले राप्तीसोनारीको जंगलमा रुख ढलेको र त्यसलाई हटाउन केही समय लाग्ने भएकाले विद्युत् आपूर्ति सहज गराउन समय लाग्ने बताए । उनका अनुसार कोहलपुरमा ९, डुडुवामा ९, खजुरामा ८ र राप्तीसोनारीमा ५ गरी ३१ विद्युतीय पोल ढलेको अवस्थामा छन् । ‘अझै कहाँ–कहाँ कति ढलेका छन्, विस्तृत विवरण आएको छैन’, उनले भने । हुरी बतासका कारण जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर १ खडैचामा आगलागी हुँदा ३४ खरले छाएका घर जलेका छन् । घरमा रहेका अन्नपातसमेत जलेको प्रहरीले जानकारी दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]