
Srbpu
Ggp
Rgp
Unsku
pku
Pbu
Sgr
Lnp
Rgp1

Pvg
Rgs
Sls
Asm
nsb
Vor
Rsb
Bbbpu
Wsp
Ssm
Ggd
Gst
Rgu
Rgu
Hal
Sbs
Bbu
Tsm
Ksm

Ptm
Mks
sab
bbt
Rmb
Syp
Gsb
Abd
Pls
Jmb
Jmb
Rpp
Bml
दाङ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ७ छाेट्की सिसहनियाँमा सञ्चालित १२ दिने डल कुशन बनाउने तालिम आइतबार सम्पन्न भएको छ।
राप्ती गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष सिताराम चौधरीको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा उक्त तालिम समापन गरिएको हो।
तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उदेश्यले गाउँपालिकाले तालिमकाे आयोजना गरेको बताए ।
त्यस्तै उनले सहभागीहरुलाई सिकेको सीपलाई व्यावहारमा लागू गरि उद्यमशिलता तर्फ अग्रसर बन्न समेत आग्रह गरे ।
“व्यावसायमा धैर्यता हुनुपर्छ । उत्पादन गर्नु ठुलो कुरा हाेइन। उत्पादन गरेकाे सामाग्री बिक्री गर्नु महत्त्वपूर्ण कुरा हाे । व्यापार गर्न कला चाहिन्छ”,अध्यक्ष विष्टले भने -“तपाईंहरुले उत्पादन गरेको सामाग्रीकाे बजारीकरणमा पालिकाले पनि सहयोग गर्छ।”
त्यस्तै अध्यक्ष विष्टले सामूहिक व्यवसायबाट नै सफल व्यावसायी बन्न सकिने उल्लेख गर्दै महिलाहरूलाई समूह गठन गरि व्यावसाय सुरु गर्न सुझाव दिए ।
वडा अध्यक्ष सिताराम चाैधरीले सीपले मानिसलाई आत्मानिर्भर बनाउने बताउदै तालिमले महिलाहरुकाे आयआर्जनमा सहयोग पुग्ने विश्वास गरे । तालिमको प्रशिक्षार्थी स्नेहा चाैधरीले तालिम निकै उपयाेगी भएको बताउदै आगामी दिनमा थप एडभान्स तालिमको आवश्यकता रहेको बताए ।
तालिम “राप्तीका युवा र महिला,उद्यमशिलतामा पहिला” भन्ने मूल नाराका साथ उद्धमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सिप विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हाे।
राप्ती गाउँपालिकाकाे आयोजना तथा मल्टिसेक्टर इन्जिनियरिङ कन्सल्टेन्सी शान्तिनगर दाङको आयोजना सञ्चालित तालिममा १७ जना महिलाहरुकाे सहभागीता रहेको थियो भने तालिमको प्रशिक्षक उमा चाैधरी रहेका थिए ।
तालिम समापन कार्यक्रमकाे सहजीकरण गाउँपालिकाका प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले गरेका थिए ।
