
Srbpu
Unsku
Ggp
Rgp
pku
Rgp1
Sgr
Pbu
Lnp

Sbs
nsb
Hal
Bbu
Rgu
Tsm
Wsp
Rsb
Ssm
Sls
Vor
Rgu
Rgs
Ggd
Ksm
Pvg
Asm
Gst
Bbbpu

Jmb
Syp
sab
bbt
Gsb
Jmb
Rpp
Pls
Ptm
Mks
Bml
Abd
Rmb
कपिलवस्तु । कपिलवस्तुको शडुलामाईमा बस र पिकअप ठोक्किँदा चालकको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ४ झडुलामाईमा बस र पिक अप भ्यान एकआपसमा ठोक्किँदा चालकको मृत्यु भएको हो ।
काठमाडौँबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिकअप भ्यान एकआपसमा ठोक्किँदा पिकअपका चालक कपिलवस्तुको शिवराज नगरपालिका घर भएका हिरालाल बढईको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक महेन्द्र विक्रम शाहीले
जानकारी दिए । त्यस्तै घाइते मध्ये बसका सहचालक ४६ वर्षका प्रकाश कुमार थापालाई बुटवलबाट थप उपचारको लागि काठमाडौँ रिफर गरिएको निरीक्षक शाहीले बताए ।
शाहीका अनुसार कालिकोटका असीम शाहीको बुटवलको चौराहा अस्पताल उपचार भइरहेको र अन्य ६ जना पनि डिस्चार्ज भएको छ ।
