
pku
Rgp1
Rgp
Srbpu
Ggp
Unsku
Sgr
Lnp
Pbu

Bbu
Wsp
Pvg
Gst
Rgu
Rgu
Vor
Rgs
Ggd
Hal
Sbs
Bbbpu
Tsm
Asm
Ksm
Rsb
nsb
Ssm
Sls

sab
Jmb
Syp
Abd
Ptm
Jmb
Bml
Mks
bbt
Rpp
Rmb
Gsb
Pls
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नं.२ लालमटियामा सञ्चालित तीन महिने सिलाई कटाई तालिम साेमबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका वडा नं.२ काे सीप तथा उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत साे तालिम सम्पन्न भएको हाे।
राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष पहलवान चाैधरीको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे प्रमुख आतिथ्यतामा तालिमकाे समापन गरिएको हो ।तालिम समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष चाैधरीले महिला दिदीबहिनीहरूलाई सीप सिकेर व्यावसायमा जाेडिन सुझाव दिए ।
राप्ती गाउँपालिकाका युवा युवतीहरूलाई स्वरोजगार बनाउने उद्देशका साथ पालिकाले विभिन्न सिपमुलक तालिम प्रदान गर्दै आई रहेकको बताउँदै उपाध्यक्ष चाैधरीले सिकेको सिपलाई पुर्ण रूपमा व्यवहारमा लागू गर्न अनुरोध गरे । आफूले पनि विगतमा सिलाई पेशा गरेकाे अनुभव सुनाउदै उपाध्यक्ष चाैधरीले व्यवसाय गर्दा धैर्यता हुनुपर्ने बताए ।
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरीले बेरोजगार महिला दिदीबहिनीहरुलाई सिलाई कटाई तालिम प्रदान गरि स्वराेजगार बनाउने उदेश्यले तालिम आयोजना गरिएको बताए । तीन महिने तालिमले मात्रै व्यवसाय गर्न पर्याप्त नहुने उल्लेख गर्दै अध्यक्ष चाैधरीले तालिमका सहभागीहरुलाई आगामी आर्थिक वर्षमा आवश्यक एड्सभान्स सहित फेसन डिजाइनरकाे तालिम समेत उपलब्ध गराउने बताए ।
कार्यपालिका सदस्य रण बहादुर पुजाली,वडा सदस्यहरु टेक बहादुर रावत,मन बहादुर पुन,तुलसा विक,उद्यम विकास सहजकर्ता बीनिता चाैधरी लगायतकाे सहभागीता रहेको कार्यक्रमकाे सहजीकरण वडा सचिव सीता भण्डारी आचार्यले गरेका थिए । तालिममा एक सय जना महिलाहरुकाे सहभागीता रहेको तालिमकाे प्रशिक्षकमा अनिता चाैधरी र मिना पुन मगर रहेका थिए ।
