
Rgp
Unsku
sbs
Sgr
Ggp
Srbpu
pku
cjs
Djs
Pbu
Lnp
Pes
Gfs
Rgp1

Sls
Ksm
Ggd
Rsb
Gst
Rgu
Pvg
Bbbpu
Asm
Bbu
Ssm
Tsm
Sbs
Rgs
Wsp
Hal
Vor
nsb
Rgu

Jmb
Jmb
sab
Pls
Gsb
Rmb
Abd
bbt
Mks
Ptm
Bml
Syp
Rpp
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्रले नागरिक सचेतनमूलक कर्यक्रम अभियानलाई तिब्रता दिदै आएको छ।
नगर क्षेत्रका प्रत्येक वडाका जन समुदायलाई मेरो स्वस्थ मेरो जिम्मेवारीको बोध गराउने उदेश्यका साथ अगुवाहरुलाई तालिमका मध्यमद्वारा सचेत गराउदै समुदायका व्यक्ति हरूलाई समेत समय समयमा आग्रह गर्दै आएको छ । बढ्दो दीर्घ कालीन नसर्ने रोगबाट बच्नका लागि आहार बिहार दिनचर्यामा आमूल परिवर्तनको खाचो रहेको कबीराज डॉ नागेश्वर मिश्रले जानकारी दिए ।
वडा नम्बर ५ को पुरुषोत्तमपुर बाट शुरू भएको अभियानको दोस्रो दिन वडा नम्बर ११ मा वडा अध्यक्ष जीवन श्रीवास्तवको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बोल्दै कर्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रजत प्रताप शाहले आफ्नो नगरका नागरिकलाई स्वस्थमा समृद्ध बनाउन आफु सदैव तत्पर रहेको र गाउँ घर क्लिनिक,नागरिक आरोग्य अभियान,जेष्ठ नागरिक स्वस्थ शिबिर,स्तान पान गराउने महिलालाई दुध बर्धक औषधि वितरण,आँखा शिबिर लगायत विविध कार्यक्रम निरन्तर संचालन भएको साथै प्रत्येक वडामा सुबिधा युक्त स्वस्थ चौकी सुधार कार्यमा तिब्रता साथ आफुअगाडि बढेको बताए ।
त्यस्तै नागरिक आरोग्य अभियान वडा नम्बर १० , वडा नम्बर २ लगायत विभिन्न विद्यालय तथा समुदाय स्तरमा तिब्रताका साथ संचालन हुदै आएको तथा उक्त कार्यक्रमबाट नागरिकहरुको बानी व्यवहारमा परिवर्तन आउने जन विश्वास रहेको नगर प्रमुख शाहले बताए ।
