
Djs
Rgp1
Pbu
Sgr
Unsku
cjs
pku
Rgp
Srbpu
Pes
Gfs
sbs
Lnp
Ggp

Ssm
Pvg
Rgu
Bbbpu
Tsm
Rgu
Hal
nsb
Asm
Rsb
Bbu
Sls
Vor
Gst
Rgs
Sbs
Wsp
Ksm
Ggd

Syp
bbt
Rmb
Jmb
Jmb
Mks
Pls
Abd
Gsb
sab
Ptm
Rpp
Bml
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ मा भेडा,बाख्रालाई परजीवीबाट जोगाउन डिपिङ ट्याङ्की निर्माण गरिएको छ।
राप्ती गाउँपालिका वडा नम्बर ४ काे आर्थिक वर्ष २०८०/०८१ काे करिब चार लाख रुपैयाँ लागतमा तीनवटा डिपिङ ट्याङ्की निर्माण गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष बिर बहादुर चाैधरीले जानकारी दिए ।
किसानहरूकाे भेडा बाख्रा लगायत अन्य पशु चाैपायाहरुलाई विभिन्न किसिमका आन्तरिक तथा बाह्य परजीवीबाट जोगाउन उक्त ट्याङ्की निकै उपयाेगी हुने अध्यक्ष चाैधरीकाे विश्वास छ। “डिपिङ ट्याङ्कीकाे अभावमा पशुपालक किसानहरुलाई आफ्ना पशुहरु परजीवीबाट बचाउन समस्या थियो”, – वडा अध्यक्ष चाैधरीले भने-“ट्याङ्की निर्माण भएपछि किसानहरुलाई राहत मिलेको छ,अध्यक्ष चौधरी बताए । यस्तै उनले यो कार्यक्रम किसानमुखी रहेको समेत बतए ।”
त्यस्तै वडा सदस्य विष्णु पाेख्रेलले यस कार्यक्रमले भेडा,बाख्रालाई बाह्य परजीवी (जुका, किर्ना, उपियाँ, लुतो ) लाग्नबाट नियन्त्रण गरी निरोगी बनाउन मद्दत गर्नुका साथै किसानलाई अत्यधिक विषादी प्रयोग गर्नबाट जोगाएर थोरै समय र कम लागतमा धेरै पशुको उपचार गर्न सकिने बताए । किसानहरुलाई पायक पर्नेगरि वडाले नयाँगाउँ,मझनीगढ र गाेपीनाला गरि ३ ठाउँमा ट्याङ्की निमार्ण गरेको छ।
निश्चित मापदण्ड अपनाएर सिमेन्टबाट बनाइएको उक्त ट्याङ्कीमा कीटनाशक झोल र पानी राखेर मिश्रण गरि बाख्रा,भेडा,कुकुर लगायतका पशुहरुकाे आँखा, नाक, मुख सुरक्षित हुने गरी शरीर डुबाएर उपचार गरिने हुँदा किसानहरू यस तर्फ आकर्षित भएकाे पशु प्राविधिक कमल पुन मगरले बताए । बिहिवार मात्रै नयाँगाउँमा रहेको साे ट्याङ्कीबाट ४ सय बढी बाख्रालाई निःशुल्क उपचार गरिएको छ भने शुक्रबार मझनीगढ र शनिबार गाेपीनालाबाट साे सेवा प्रदान गरिने वडा कार्यालयले जनाएको छ।
त्यस्तै आफूहरुले पालेका पशुहरुलाई परजीवीबाट बचाउन गाउँमै नि:शुल्क सेवा पाएपछि किसानहरू खुशी भएका छन् ।
