
Srbpu
pku
Ggp
Lnp
Unsku
Rgp1
Rgp
Sgr
Pbu

Ssm
Rgu
nsb
Rgu
Pvg
Bbu
Ksm
Sls
Rgs
Wsp
Vor
Asm
Sbs
Bbbpu
Hal
Gst
Rsb
Tsm
Ggd

Jmb
Gsb
Ptm
Mks
Abd
Rmb
Rpp
Jmb
bbt
Syp
Pls
Bml
sab
दाङ । विश्व वातावरण दिवसको अवसरमा देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ कठाहामा अठार सय बढी वृक्षारोपण गरिएको छ ।
राप्ती गाउँपालिकाकाे आयोजना तथा सव डिभिजन वन कार्यालय गढवाको सहयोगमा राप्ती नदीकाे तटिय क्षेत्रमा रहेको करिब २ हेक्टर सार्वजनिक जग्गामा बिरुवा रोपण गरिएको हो।
मौवा,जामुन,सिसाै,खयर,बकाइनाे,काेईरालाे सित्तलचिनी, गुल्मोहर,निलमर लगायत विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको गाउँपालिकाका वन प्राविधिक बिपिन भुसालले जानकारी दिए ।
उक्त क्षेत्रमा रहेको करिब २० हेक्टर जग्गालाई सार्वजनिक वन बनाउने उदेश्यले विभिन्न प्रजातिका २२ हजार बिरुवा राेप्ने तयारी समेत गरिएको प्राविधिक भुसालले बताए ।
वृक्षारोपण कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,पालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी,वडाका नम्बर ५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी,सामाजिक अभियान्ता बसन्तराज शर्मा, सार्वजनिक वन उपभोक्त समूहका अध्यक्ष अशाेक चाैधरी,पालिकाका कर्मचारी,वन उपभोक्त समूहका पदाधिकारी तथा स्थानीय बासिन्दाहरुकाे सहभागिता रहेको थियो ।
साे अवसरमा बाेल्दै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले पालिकाका विभिन्न ठाउँमा रहेका सार्वजनिक जग्गालाई हरियाली बनाउने उद्देश्यले बिरुवा रोपिएको बताए । वातावरण संरक्षण र दिगो विकासमा सबैको सामूहिक सहभागीता हुनुपर्ने अध्यक्ष विष्टको भनाइ रहेको छ ।
त्यस्तै अध्यक्ष विष्टले वातावरण संरक्षणबिना मानवजातीको समेत संरक्षण हुन नसक्ने बताउँदै विश्वव्यापी रुपमा भैरहेको वातावरण विनासले मानवजाती माथि नै संकट सृजना भएको बताए । वन कार्यालयले बिरुवा सहयोग गरेपछि वृक्षारोपण सहज भएको बताउँदै कार्यक्रममा सहभागी सबैप्रति अध्यक्ष विष्टले अभार व्यक्त गरेका छन् ।
