
Ggp
pku
Srbpu
Rgp
Lnp
Sgr
Pbu
Unsku
Rgp1

Ksm
Ssm
nsb
Gst
Rgu
Tsm
Bbu
Sbs
Pvg
Vor
Bbbpu
Sls
Asm
Rgu
Rsb
Ggd
Wsp
Rgs
Hal

Jmb
bbt
sab
Pls
Gsb
Abd
Bml
Rmb
Jmb
Ptm
Syp
Mks
Rpp
दाङ । श्रीमानको औषधि लिउन मेडिकल जादै गरिकी केसीको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ ।
देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ सिमगजमरी निबासी हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा बसोबास गर्दै आएकि रेश्मी केसीको मृत्यु भएको हो ।
श्रीमानलाई दम भएको र ओषधि ल्याइदिन भनि मेडिकल जाने क्रममा रा ६ प ६१४१ नम्बरको मोटरसाइकलले केसीलाई ठक्कर दिदा केसी गम्भीर घाइते भएकि थिइन । घाइते केसीलाई उपचारको लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो ।
रोल्पाबाट आफ्नो घर जस्पुर जाँदै गरेका शेरबहादुर चौधरीले चलाएको मोटरसाइकलबाट ठक्कर पाएपछि केसी गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । आज बेलुका ५:३० बजेतिर मोटरसाइकलले ठक्कर दिए लगत्तै तुलसीपुर प्रादेशिक अस्पतालमा उपचारका लागि पुराइएको थियोे । उनको टाउकोमा गहिरो चोट भएको कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ । अहिले उनको सबलाई पोस्टमार्टमको लागि तुलसीपुर प्रादेशिक अस्पतालमा राखिएको छ ।
त्यस्तै मोटरसाइकल चालक चौधरीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
