सागर रोका क्षेत्री बुधबार, जेठ ०९, २०८१

दाङ । श्रीमानको औषधि लिउन मेडिकल जादै गरिकी केसीको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ ।

देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ सिमगजमरी निबासी हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा बसोबास गर्दै आएकि रेश्मी केसीको मृत्यु भएको हो ।

श्रीमानलाई दम भएको र ओषधि ल्याइदिन भनि मेडिकल जाने क्रममा रा ६ प ६१४१ नम्बरको मोटरसाइकलले केसीलाई ठक्कर दिदा केसी गम्भीर घाइते भएकि थिइन । घाइते केसीलाई उपचारको लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो ।

रोल्पाबाट आफ्नो घर जस्पुर जाँदै गरेका शेरबहादुर चौधरीले चलाएको मोटरसाइकलबाट ठक्कर पाएपछि केसी गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । आज बेलुका ५:३० बजेतिर मोटरसाइकलले ठक्कर दिए लगत्तै तुलसीपुर प्रादेशिक अस्पतालमा उपचारका लागि पुराइएको थियोे । उनको टाउकोमा गहिरो चोट भएको कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ । अहिले उनको सबलाई पोस्टमार्टमको लागि तुलसीपुर प्रादेशिक अस्पतालमा राखिएको छ ।

त्यस्तै मोटरसाइकल चालक चौधरीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]