
Gisld
Pbu
Mbdvs
Rbs
Sds
mbd

Bbu
Ssm
Sbs
Rsb
Gst
Hal
Rgs
nsb
Sls
Bbbpu
Rgu
Tsm
Ggd
Rgu
Vor
Asm
Wsp
Ksm
Pvg

Ptm
Bml
bbt
Syp
Rpp
Jmb
Mks
Jmb
Pls
sab
Abd
Gsb
Rmb
सुर्खेत । सुर्खेतमा युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रर्दशन गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपतिले संघीय संसद विघटन गरेपछि आफनै पार्टीका युवा-विद्यार्थीले पर्दशन गरेका हुन् ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा आइतबार आयोजित विरोधसभामा बोल्दै युवा विद्या र्थीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी समेत गरेका थिए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर यूवा र विद्यार्थीहरुले ‘गणतन्त्र विरोधी हर्कतको प्रतिवाद गरौं,संसद विघटन खारेज गरौं,तानाशाह मुर्दावाद,खड्ग ओलीको प्रतिवादी कदम मुर्दावाद,नालायक केपी ओली मुर्दावाद जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।
प्रधानमन्त्री ओलीले चालेको कदमको कडा विरोध गर्दै राष्ट्रिय युवा संघ नेपाल,सुर्खेतका संयोजक पदम वनले ओलीलाई पार्टीबाटै निष्कासन गर्न माग गरे । ओलीले प्रधानमन्त्री र नेकपाको अध्यक्ष बन्ने नैतिकता गुमाइ सकेका छन् । संयोजक वनले भने,ओलीलाई पार्टीको साधारण सदस्य नै नरहने गरी निस्कासन गरियोस ।
त्यस्तै लोकतन्त्रको रक्षाका निम्ति आन्दोलन सुरु गर्न लागेको अनेरास्ववियुका केन्द्रीय सदस्य राजेन्द्र बुढाले बताए । संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संवैधानिक ‘कू’ गर्नुभएको छ,केन्द्रीय सदस्य बुढाले भने,लोकतन्त्रको रक्षाका निम्ति आन्दोलनको आगो बाल्छौं । उनीहरुले प्रतिनिधि सभा विघटन गर्नु प्रधानमन्त्री ओलीको अवैधानिक, अलोकतान्त्रिक र निरंकुशता भएको बताएका छन् ।
