
Sgr
Ggp
Rgp
Pbu
Srbpu
pku
Lnp
Rgp1
Unsku

Bbu
Rsb
Rgu
Ggd
Tsm
Ssm
Vor
nsb
Gst
Hal
Sbs
Ksm
Rgu
Sls
Wsp
Rgs
Asm
Pvg
Bbbpu

Gsb
Rpp
Jmb
Jmb
Bml
Syp
Rmb
Abd
bbt
Ptm
sab
Mks
Pls
दाङ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले दाङकाे राप्ती गाउँपालिकाका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत गरिब, विपन्न तथा दलित विद्यार्थीहरुलाई मंगलबार शैक्षिक सामाग्री वितरण गरेको छ।
गाउँपालिकाकाे समन्वयमा संस्थाले १ सय १२ जना विद्यार्थीलाई प्रति विद्यार्थी ४ हजार २ सय रुपैयाँ पर्ने गरि ४ लाख ७० हजार ४ सय रुपैयाँ बराबरको कापी,कलम, क्यालकुलेटर,ज्यामिति बक्स,स्कुल पाेषाक,झाेला,चप्पल लगायतका शैक्षिक सामाग्री वितरण गरेको संस्थाकि विद्यार्थी सशक्तीकरण संयाेजक दिपा चाैधरीले जानकारी दिए ।
संस्थाले “विपन्न विद्यार्थी छात्रवृत्ति सहयोग र महिला शसक्तिकरण कार्यक्रम” अन्तर्गत उनीहरुलाई अध्ययन कार्यमा सहयोग गरि पढाइप्रति थप आकर्षित गराउने उदेश्यले उक्त सामाग्री वितरण गरिएको संयाेजक चाैधरीले जानकारी दिए ।
सामाग्री वितरण कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शैक्षिक सामाग्रीले विपन्न परिवारका विद्यार्थीहरुलाई नियमित पढाइलेखाइमा सहयोग पुग्ने बताए । संस्थाले पालिकामा सञ्चालन गरेको विभिन्न कामको उच्च प्रशंसा गर्दै अध्यक्ष विष्टले आगामी दिनमा पनि संस्थाकाे सकारात्मक कामको अपेक्षा गरे । त्यस्तै उनले शिक्षा र स्वास्थ्य नै मानव विकासकाे पहिलो आधार भएको उल्लेख गर्दै गाउँपालिकाले त्यसमै केन्द्रित भएर नीति तथा कार्यक्रम ल्याउनुका साथै बजेट विनियोजन गर्दै आइरहेको बताए ।
कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी,निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण राउत,संस्थाकी महिला सशक्तीकरण संयाेजक सरिता चाैधरी,कार्यक्रम अधिकृत हेमराज शर्मा,आईटी अधिकृत मनाेज श्रेष्ठ ,महिला सरसफाइ संयाेजक प्रेशा चाैधरी,विद्यार्थी संयाेजक रिया चाैधरी,प्रजनन स्वास्थ्य सहजकर्ता सीता कुमाल लगायत विद्यार्थी,अभिभावक तथा शिक्षकहरूकाे सहभागीता रहेको थियो ।
विसं २०६४ सालमा दाङको गढवा गाउँपालिकामा संस्थाले शाखा स्थापना गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । हाल दाङको राप्ती,गढवा र राजपुर गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आइरहेको छ । संस्थाले आवश्यकताको आधारमा विद्यालय भवन निर्माण गर्नेदेखि महिला सशक्तीकरणका लागि काम गर्दै आइरहेको सिपी नेपालकी महिला सशक्तीकरण संयोजक सरिता चौधरीले जानकारी दिए ।
