तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका बुधबार, जेठ ०९, २०८१

दाङ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले दाङकाे राप्ती गाउँपालिकाका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत गरिब, विपन्न तथा दलित विद्यार्थीहरुलाई मंगलबार शैक्षिक सामाग्री वितरण गरेको छ।

गाउँपालिकाकाे समन्वयमा संस्थाले १ सय १२ जना विद्यार्थीलाई प्रति विद्यार्थी ४ हजार २ सय रुपैयाँ पर्ने गरि ४ लाख ७० हजार ४ सय रुपैयाँ  बराबरको कापी,कलम, क्यालकुलेटर,ज्यामिति बक्स,स्कुल पाेषाक,झाेला,चप्पल लगायतका शैक्षिक सामाग्री वितरण गरेको संस्थाकि विद्यार्थी सशक्तीकरण संयाेजक दिपा चाैधरीले जानकारी दिए ।

संस्थाले “विपन्न विद्यार्थी छात्रवृत्ति सहयोग र महिला शसक्तिकरण कार्यक्रम” अन्तर्गत उनीहरुलाई अध्ययन कार्यमा सहयोग गरि पढाइप्रति थप आकर्षित गराउने उदेश्यले उक्त सामाग्री वितरण गरिएको संयाेजक चाैधरीले जानकारी दिए ।

सामाग्री वितरण कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शैक्षिक सामाग्रीले विपन्न परिवारका विद्यार्थीहरुलाई नियमित पढाइलेखाइमा सहयोग पुग्ने बताए । संस्थाले पालिकामा सञ्चालन गरेको विभिन्न कामको उच्च प्रशंसा गर्दै अध्यक्ष विष्टले आगामी दिनमा पनि संस्थाकाे सकारात्मक कामको अपेक्षा गरे । त्यस्तै उनले शिक्षा र स्वास्थ्य नै मानव विकासकाे पहिलो आधार भएको उल्लेख गर्दै गाउँपालिकाले त्यसमै केन्द्रित भएर नीति तथा कार्यक्रम ल्याउनुका साथै बजेट विनियोजन गर्दै आइरहेको बताए ।

कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी,निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण राउत,संस्थाकी महिला सशक्तीकरण संयाेजक सरिता चाैधरी,कार्यक्रम अधिकृत हेमराज शर्मा,आईटी अधिकृत मनाेज श्रेष्ठ ,महिला सरसफाइ संयाेजक प्रेशा चाैधरी,विद्यार्थी संयाेजक रिया चाैधरी,प्रजनन स्वास्थ्य सहजकर्ता सीता कुमाल लगायत विद्यार्थी,अभिभावक तथा शिक्षकहरूकाे सहभागीता रहेको थियो ।

विसं २०६४ सालमा दाङको गढवा गाउँपालिकामा संस्थाले शाखा स्थापना गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । हाल दाङको राप्ती,गढवा र राजपुर गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आइरहेको छ । संस्थाले आवश्यकताको आधारमा विद्यालय भवन निर्माण गर्नेदेखि महिला सशक्तीकरणका लागि काम गर्दै आइरहेको सिपी नेपालकी महिला सशक्तीकरण संयोजक सरिता चौधरीले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]