
Pbu
Srbpu
Unsku
Ggp
pku
Lnp
Rgp
Rgp1
Sgr

Gst
Rgu
Pvg
Ksm
Hal
Asm
Rgs
Rgu
Sbs
nsb
Sls
Tsm
Vor
Bbu
Ssm
Rsb
Ggd
Bbbpu
Wsp

sab
Rpp
Jmb
Ptm
Jmb
Mks
bbt
Pls
Bml
Gsb
Rmb
Syp
Abd
दाङ । अजम्मरी जैविक बिबिधता ग्रीन पार्क भित्र खुल्ला जीमको उद्घाटन गरिएकोछ । लमही-५ लमही स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह द्वारा संचालित ग्रीन पार्क भित्र संचालन गरिएको खुल्ला जीमको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले आज सनिवार एक कार्यक्रमका बिच विधिवत उद्घाटन गरेका छन ।
समुहका अध्यक्ष पवन शर्मा रिजालको अध्यक्षता एवं मेयर जोगराज चौधरीको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा उप-प्रमुख लक्ष्मी योगी, ५ नम्बर वडा अध्यक्ष ओम प्रसाद सुवेदी सागर लगायतकाले मन्तव्य राखेका थिए । शहरी शासकीय पुर्वाधार आयोजनाबाट १० लाख, लमही नगरपालिकाको आन्तरिक स्रोतबाट २ लाख ३८ हजार ५७३,र २० लाख बराबरको ब्यायाम सामाग्री प्राप्त,समुहबाट २ लाख ५० हजार गरि अहिलेसम्म जम्मा ३४ लाख ८८ हजार ५७३ रकम खर्च भएको समुहका कोषाध्यक्ष तेजबहादुर बिकले जानकारी दिए ।
त्यस्तै व्यायाम स्थलमा अझै धेरै सामाग्रीहरु ब्यबस्थापन गर्न बाँकी रहेको र स्रोत पहिचान गरि अपुग सामाग्री ब्यबस्थापन गरिएने समुहका अध्यक्ष शर्माले बताए । व्यायाम शाला भित्र सामाग्रीको मर्मत सम्भार गर्न,रेखदेख गर्न तथा एक जना कर्मचारीको ब्यबस्था गर्न निकट भबिस्यमा व्यायाम कर्ताहरुलाई थोरै शुल्क लागू गर्ने सोंच रहेको समेत अध्यक्ष शर्माले बताएका छन । कार्यक्रमको सहजीकरण समूहकी अध्यक्ष गोमा भण्डारीले गरेकी थिइन ।

