
Srbpu
Rgp1
Ggp
Pbu
Unsku
pku
Rgp
Sgr
Lnp

Bbbpu
Hal
Ksm
Sbs
Asm
Pvg
Bbu
Ggd
nsb
Rgu
Sls
Gst
Rsb
Wsp
Rgs
Ssm
Vor
Tsm
Rgu

Gsb
sab
Jmb
Mks
Bml
Rpp
Jmb
bbt
Abd
Syp
Pls
Rmb
Ptm
दाङ । प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदी सहितको टिमले देउखुरीको राप्तीमा मापदण्ड बिपरीत उत्खनन् भैरहेको जनगुनासो आएपछी शुक्रबार अनुगमन गरेको छ ।
अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी सुबेदीले आईईको मापदण्ड विपरित उत्खनन् गरेको पाईए कारबाही गरिने बताएका छन् । मापदण्ड विपरीत ढुंगा,गिटी,बालुवा उत्खननका कारण नदी, तटबन्ध,खोला क्षेत्रको जैविक विविधतामा असर पर्नेखालको उत्खनन् गरे कानुन बमोजिम कारबाही गर्ने प्रजिअ सुबेदीले बताए ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा,राप्ती र सितगंगा नगरपालिकाले आपसी समझदारीमा आईई अनुसार नदीजन्य पदार्थ उठाउनु पर्ने बताए । उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय जलस्रोत तथा सिचाई विभाग मार्फत संचालित प्रगन्ना तथा बड्कापथ सिचाई आयोजना लाई क्षतिहुने हिसावले नदीजन्य पदार्थको उत्खनन् गर्न नहुने बताए ।
करोडौंको योजना देउखुरीको गौरबको योजना भएकोले योजनाको मुहानमा उत्खनन् गर्दा पानीको सतह घट्ने र योजना प्रभावित हुने भएकाले त्यस क्षेत्रमा उत्खनन् गर्न नहुने बताए । राप्ती नदीमा अन्धाधुन्ध उत्खनन् गरे नदी सतह भन्दा धेरै गहिराईमा पुग्ने र प्रगन्ना सिचाई र बडकापथ प्रभावित हुने निश्चित देखिन्छ ।
अनुगमनमा दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदी, जिल्ला समन्वय समितिका अध्यक्ष नित्यानन्द शर्मा, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिस्ट,गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा, राप्ती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वली, सितगंगा नगरपालिकाका सम्बन्धीत वडाका वडाध्यक्षहरु, प्रहरी प्रशासन,पत्रकार र स्थानीयहरुको उपस्थितिमा अनुगमन गरिएको थियो।

