
Lnp
Rgp
Sgr
Ggp
Pbu
Unsku
pku
Rgp1
Srbpu

Ggd
Rgs
Gst
Rsb
Rgu
Sls
Bbbpu
Ssm
Tsm
Rgu
Hal
Pvg
nsb
Asm
Vor
Bbu
Wsp
Ksm
Sbs

Abd
bbt
Jmb
sab
Syp
Jmb
Mks
Ptm
Pls
Rmb
Bml
Gsb
Rpp
दाङ । राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबास गाउँमा भीषण आगलागी हुँदा २५ बढी घर-गोठ जलेर नष्ट भएका छन् ।
जंगल र खर बारीबाट आएको आगोले गाउँनै सखाप हुने गरेर आगामी भएको छ । कुल २७ घरमध्ये अहिलेसम्म २५ घरमा आगलागी भएको राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिए । अध्यक्ष बुढाथोकीले भने हामी अहिले हाडबासको गाउँमै छौं । हाम्रो अगाडीनै घर-गोठहरु जलिरहेका छन् । गोठहरु कति जलेका छन् गिन्टी नभएको,तर २५ घर जलेर नष्ट भएको अध्यक्ष बुढाथोकीले बताए । टिनले छाएका घरहरु केही मात्रामा जोगिएका छन् भने खरले छाएका घर,गोठहरु सबै जलेर नष्ट भएको छ ।
डमकल पुग्ने बाटो नभएको कारण तत्काल आगो नियन्त्रणमा लिउन नसकिएको अध्यक्ष बुढाथोकीले जानकारी दिए । त्यस्तै उनले पालिकाबाट आजै अग्नि पीडितहरुलाई खाद्यान्न स्वरुप राहत प्रदान गर्ने बताएका छन् । साथै अध्यक्ष बुढाथोकीले नेपाल रेडक्रस सोसाइटी र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र,भिटा परियोजनालाई राहत संकलन कार्य तिर लाग्न आग्रह गरेको समेत बताए ।
त्यस्तै अहिले आगलागी भएको स्थलमा नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयबासीहरुको सक्रियतामा कुवाको पानीमा मोटर जडान गरि आगो निभाउने कार्य भइरहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख (प्रहरी निरीक्षक)नवीन वलीले जानकारी दिए ।
