
Lnp
Unsku
Pbu
pku
Srbpu
Ggp
Rgp1
Sgr
Rgp

Asm
Rgs
nsb
Bbbpu
Hal
Ksm
Ggd
Rsb
Ssm
Sls
Wsp
Rgu
Rgu
Tsm
Bbu
Vor
Sbs
Pvg
Gst

bbt
Abd
Rmb
Syp
Jmb
Mks
Rpp
Pls
sab
Jmb
Bml
Gsb
Ptm
दाङ । नेपाल प्रेस युनियन दाङले नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम घोराहीको बाह्रकुने दहमा शनिबार सम्पन्न गरेको छ ।
त्यस्तै उक्त वनभोज कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारिता क्षेत्रमा देखिएका विकृति र विसंगतिहरुलाई हटाउँदै स्वच्छ र निष्पक्ष रुपमा कमल चलाउनुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय पत्रकारिताका क्षेत्रमा केही विकृति र विसंगति देखिएको भन्दै सहभागी बक्ताहरुले पत्रकारलाई आचारसंहितको अनिवार्य पालना गरेर पत्रकारिता गर्नुपर्ने बताएका थिए ।
नेपाल प्रेस युनियन दाङ शाखा अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले आगामी पत्रकार महासंघको निर्वाचनमा सर्वसहमत रुपमा नेतृत्व चयनका लागि पहल गर्नुपर्ने र त्यसको नेतृत्व प्रेस युनियन दाङले गर्नुपर्ने बताएका थिए ।
साथै वक्ताहरुले आसन्न पत्रकार महासघं दाङको निर्वाचनलाई सहमती सहकार्यका साथमा सम्पन्न गर्नेमा पनि जोड दिएका छन् । पत्रकारको छाता संगठन महासंघ दाङलाई सबैको अपनत्व हुनेगरी नयाँ नेतृत्व चयन गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य नारायणी रजौरे, पूर्व केन्द्रीय सदस्य केपी घिमिरे, प्रेस युनियन दाङका पूर्व अध्यक्षहरु सन्तोष सुवेदी,सुशील बस्नेत, सल्लाहकार लीला शाह, बसुन्धरा गौतम, प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जा, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रेस युनियन दाङका उपाध्यक्ष पार्वती बस्नेतको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा सहभागीलाई गोपाल शर्मा भटराईले धन्यावाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।
