
Rgp1
Sgr
Rgp
pku
Ggp
Lnp
Unsku
Srbpu
Pbu

nsb
Bbbpu
Sls
Sbs
Rgu
Ksm
Wsp
Gst
Tsm
Ssm
Bbu
Hal
Rgs
Pvg
Vor
Rsb
Rgu
Asm
Ggd

sab
Gsb
Pls
Mks
Ptm
Rmb
Jmb
bbt
Syp
Jmb
Abd
Rpp
Bml
दाङ । समुदायमा आधारित कार्यसन्जाल संस्था दक्षिण देउखुरी अधिकार मञ्च माताहतको दियालो मूल समिति गढवाले ११ औं बार्षिक साधारण सभा पर्यटकिय क्षेत्र कन्दरा मन्दिर रहेको जङलमा पुगेर सम्पन्न गरेको छ ।
ओझेलमा रहेको पर्यटकीय स्थलको प्रर्वर्धनमा चासो जगाउन १३ वटा कृषक समुहहरुको छाता संगठन दियालो मूल समितिको साधारण सभा उक्त्त स्थानमा आयोजना गरिएको दक्षिण देउखुरी अधिकार मञ्चले जनाएको छ ।
मूल समितिका अध्यक्ष चित्रबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा समुहमा आवद्द किसानहरुको जिविकोपार्जनमा सहयोग गर्न ६ जना किसानहरुलाइ तरकारी खेती, बाख्रा, बङ्गुर र भैंसी पालन गर्न ३ लाख ४६ हजार ४ सय पचास घुम्तिकोष रकम वितरण गरिएको छ ।
कार्यक्रममा गढवा गापा वडा नम्बर ६ का वडा सदस्य दिनमणी आचार्य, दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुवर,समाज परिवर्तन मूल समितिका अध्यक्ष शोभा रावत, पत्रकार शिवराज पन्थी, कन्दरा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष चिन्तामणी पोख्रेल,समूहका अगुवाहरु प्रभा यादव, गौसरी थापा,कालिदेवी कुमाअल,गङ्गा थापा,भरत घर्ती र नन्दा चौधरी लगायतले बोलेका थिए ।
समूहले जाजरकोट र रुकूममा पुगि भुकम्प पीडितहरुका आवास बनाउने काममा समेत सहयोग गरेको कार्यक्रममा बताइएको थियो । फागुराम चौधरिको स्वागत मन्तब्यबाट सुरु भएको साधारण सभाको सन्चालन कविता सुवेदिले गरेका थिए ।

