
Srbpu
Pbu
Unsku
Sgr
pku
Rgp
Rgp1
Lnp
Ggp

Rgu
Ksm
Rgs
Pvg
Hal
nsb
Vor
Bbu
Sls
Ggd
Wsp
Asm
Rgu
Bbbpu
Sbs
Ssm
Gst
Tsm
Rsb

Abd
bbt
sab
Syp
Bml
Ptm
Rmb
Jmb
Pls
Gsb
Jmb
Mks
Rpp
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लिकोटमा रहेको कालीका मालीका थानबाट आज अपरान्ह ३ बजे ५ थान घण्टी र ३ थान मुर्ती हराएपछि कोलाहल मच्चियो ।
मन्दिर वरिपरि खोजतलास गरियो स्थानीय प्रहरी बिट,मन्दिर संरक्षण समितिलाई जानकारी गराईयो । २ सय भन्दा धेरै भक्तजनहरुको उपस्थित रहेको मन्दिरबाट कसले मुर्ती चोरेछ भनेर लामै छलफल भयो । मन्दिरका पुजारी दामोदर शर्माले ३/४ जना माता महिला सहित एक हुल मानीसहरु आएका र उनिहरुले लगेका छन् कि भनेर आँकलन गर्दा अनुसन्धानको सुई उनिहरु तर्फ तेर्सियो ।
त्यस्तै उनिहरुको कोहि कसैको सम्पर्क नम्बर नभएकाले कसरी सम्पर्क गर्ने भनेर नम्बर खोज्न थालियो । नम्बर खोज्दा खोज्दै त्यहि हुलमा गएकि माता भनिने तिला वलीका श्रीमानको नम्बर फेला पर्यो र उनिबाट तिला वलीको नम्बर उपलब्ध भएपछि उनलाई सम्पर्क गरि मन्दिरबाट मुर्ती र घण्टी हराएका छन् तपाईहरुले पो लानुभयो कि भनेर सोध्दा सुरुमा त आफुलाई केहि थाहा नभएको र साथीहरुलाइ सोध्छु भनि फोन काटेपछि पुन: फोन गरि सोध्दा साथीहरुले ल्याउनु भएको रहेछ हामी दुधरास पुगी सक्यो लिन आउनुस् भनि बोलाएपछि अस्थायी प्रहरी बिटका प्रमुख टिका बहादुर महताराको टिम सहित मन्दिर संरक्षण समितिका अध्यक्ष लगायतको टिम दुधरास आई पुग्यो र रङ्गेहात मुर्ती र घण्टी चोरी गरि ल्याउने महिलाहरुलाई फेला पार्यो ।
यस्तै मानीसहरुको भिडमा तिला वलीले मलाई थाहा नभएको र उहाँहरुले किन के कारणले मुर्ती र घण्टी ल्याउनुभयो मलाई समेत जानकारी नगराएको भन्दै पन्छिन खोजिन । तिला वलीको शिष्य भनिने सुन्तली बस्नेतले मलाई काम छुटेपछि भगवानले आफै मुर्ती लगेर जाँ भनेकाले मैले मुर्ती ल्याएको भन्दै आधुनिक युगमा सत्य युगको कहानी सुनाएर पन्छिन । त्यसै भिडमा अर्की माता भनिने छपन्या चौधरीलाई किन मुर्ती र घण्टी चोरेर ल्याउनभयो भनि सोध्दा मलाई केहि थाहा नभएको र कसरी घण्टी र मुर्ती हाम्रो झोलामा आयो थाहा छैन भन्दै बोल्न चाहिनन् ।
यसरी मुर्ती र घण्टी चोरी भएपछि मन्दिर संरक्षण समितिका अध्यक्ष परविर पुनले उनिहरुले मन्दिर जस्तो पवित्र ठाउँको मुर्ती चोरेका छ उनिहरुलाई हदैसम्मको कारवाही गर्न समितिले काम अघि बढाउने बताए । उनिहरुलाई सार्वजनीन सम्पत्ति चोरीका बिरुद्धमा मुद्दा चलाउने तुलसीपुर-१९ का वडाअध्यक्ष प्रेमनाथ योगीले जानकारी दिए ।
