
Sgr
Rgp1
Unsku
Srbpu
Pbu
Lnp
pku
Rgp
Ggp

Pvg
Rgu
Bbbpu
nsb
Tsm
Sbs
Gst
Ssm
Sls
Bbu
Hal
Ggd
Rgs
Rgu
Wsp
Rsb
Ksm
Asm
Vor

Jmb
Syp
Bml
bbt
Abd
Rmb
Jmb
sab
Rpp
Gsb
Ptm
Pls
Mks
दाङ । देउखुरीकाे राप्ती गाउँपालिकाका बेरोजगार युवाहरुलाई सीप प्रदान गरि स्वराेजगार बनाउने उदेश्यले साेमबारदेखि दुई महिने (३५० घण्टे सिप परिक्षण समेत) ईलेक्ट्रीक अप्लाइन्स् मर्मत तालिम सुरु भएको छ।
घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजना तथा राप्ती गाउँपालिकाकाे समन्वयमा पालिकाकाे वडा नम्बर ८ पिपरीमा तालिम सुरु गरिएको हाे।
घरेलु तथा साना उद्योग कार्यालय दाङका कार्यालय प्रमुख युवराज न्याैपानेकाे अध्यक्ष तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता र वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङको विशिष्ट आतिथ्यतामा एक कार्यक्रमका बीच तालिम उद्घाटन गरिएको छ।
तालिमको उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बेरोजगार युवाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताए । हातमा सीप भए जुनसुकै ठाउँमा पनि राेजगारी प्राप्त गर्न सकिने बताउदै आत्मनिर्भर बन्न सीप अपरिहार्य रहेको अध्यक्ष विष्टले बताए ।
त्यस्तै राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङले तालिम युवाहरूको लागि सीप सिकेर आत्मनिर्भर बन्ने सुनाैलाे अवसर भएकाे बताउँदै सहभागीहरुलाई तालिम अवधिभर नियमित रुपमा सहभागी हुन आग्रह गरे ।
घरेलु तथा साना उद्योग कार्यालय दाङका कार्यालय प्रमुख युवराज न्याैपानेले युवाहरुलाई लक्षित गरि कार्यालयले विभिन्न तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताए ।
गाउँपालिकाका विभिन्न वडाका २० जना युवाहरुकाे सहभागीता रहेको तालिमको प्रशिक्षकमा विशाल अर्याल रहनुभएकाे छ । तालिम उद्घाटन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय दाङका सुचना अधिकारी गाेपाल पाैडेल,राप्ती गाउँपालिकाकी उद्यम विकास सहजकर्ता बीनिता चाैधरी लगायतको सहभागीता रहेको थियो भने कार्यक्रमकाे सहजीकरण घरेलु तथा साना उद्योग कार्यालय दाङका उद्यम विकास सहजकर्ता अनिल चाैधरीले गरेका थिए ।
