Sidha Patra आइतबार, बैशाख ०२, २०८१

दाङ । घोराही उपमहानगरपालिका १७ चौघेरा स्थित
गोरक्षपात्रदेबता सिद्धरत्ननाथमठ देबिपाटन पुगेको महायात्रालाई भारतमा भब्य स्वागत गरिएको छ ।

हात्तिबाट पुष्प बर्षा र घरघरबाट धुपदिप र पुष्पबृष्टि गर्दै महायात्राको स्वागत गरिएको हो । दाङको घोराही १७ गोरक्षपात्रदेबता सिद्धरत्ननाथ मठ चौघेराबाट गत चैत्र २३ गतेका दिनदेखी शुरु भएको एतिहासिक देबिपाटन महायात्रा विभिन्न स्थानमा बिश्राम गर्दै ९ दिन लगाएर बैशाष १ गते शनिबार बिहान देबिपाटन पुगेको हो ।

शनिबार भारत बलरामपुर जिल्लाको जनकपुरमा रहेको गोरक्ष सिद्धरत्नानाथ मठको बिश्राम स्थलबाट तामझामका साथ शुरु भएको यात्रा नक्टीनालाबाट पदयात्रा हुदै पुरानो तुलसीपुर बजार परिक्रमा गरि माँ पाटेश्वरी देबिको मन्दिरमा प्रबेश गरेको थियो । दाँया बायाँ सुरक्षाकर्मीको बाक्लो सुरक्षा घेरा सहित सयौंको सख्यामा रहेका भक्तजनहरुलाई नक्टीनाला देखि नजिकको बिश्राम स्थलमा केहीबेरको बिश्राम पछि महायात्रा देबिपाटनका लागीप् अघि बढेको थियो । सो अबसरमा त्यहाँका सयौं श्रद्धालुहरुले पात्रदेबताको र्दशन गर्नुका साथै गोरखनाथको जयजयकार गरेका थिए ।

महायात्राको स्वागतार्थ हात्ती परिचालन गरि पुष्पबर्षा गराइृएको थियो । महायात्राको स्वागतार्थ भारत तुलसिपुरको विभिन्न स्थानमा तुलब्यानर ध्वजापतंगाले चिटिक्क सिगारिएको थियो । पात्रदेबता देबिपाटन पुगेपछि त्यहाँका महन्त मिथिलेशनाथ योगीले पात्रदेबताको स्वागत गरेका थिए । गत चैत्र २३ गते दाङको घोराहीबाट शुरु भएको एतिहासिक तथा सास्कृतिक महायात्रा लमही नगरपालिका ६ देउपुरमा पाँच दिन बिश्राम पछि कोईलाबास प्रस्थान गरेको थियो । कोईलाबासको काली मन्दीरमा एक रातको बिश्रामपछि यात्रा गत चैत्र २९ गते भारतको जनकपुरका लागी प्रस्थान गरेको थियो । एतिहासिक देबिपाटन यात्रा बिगतका बर्षको अनुपातमा यो बर्ष भब्य भएको महायात्रा मुल आयाृजक समितिका उपाध्यक्ष डाक्टर भोलानाथ योगीले बताए ।

वि.सं. ८०९ देखी देविपाटनको यात्रा चल्दै आएको इतिहास छ । अहिले पनि यो यात्रा हरेक वर्ष निरन्तर रुपमा भइरहेको छ । देबिपाटनमा ६ दिनको बसाई हुने र ६ गते राति देबिपाटनबाट पात्रदेबता सहितको यात्राको टोलीफिर्ताहुने कार्यक्रम रहेको महन्त डाक्टर नारायण नाथ योगीले जानकारी दिए । महायात्राका लागी जिल्लाबाहीर र भारतबाट समेत महन्तहरु नेपाल आएका थिए । २०५२ सालसम्म एक महीना लगाएर पैदल यात्राहुने गरेतापनि त्यसपछि देशको असज परिस्थितिका कारण साघुरो बन्दै आएकोमा यो बर्ष लुम्बिनी प्रदेश सरकारको सहकार्यमा बृहत बनाईएको हो ।

एतिहासिक सास्कृतिक यात्राले दुबै देश बिचको सांस्कतिक सम्बन्धलाई थप सुमधुर बनाउने दुबै देशका भक्तजनहरुको बिश्वास छ । यात्रा ऐतिहासिक यात्रा भएको र यात्राले नेपाल र भारतको एतिहासिक सास्कृतिक सम्बन्धलाई अझ बलियो बनाउन सघाउने दुबै देशका महन्तहरुले प्रतिकृया दिएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]