
Lnp
Srbpu
Sgr
Pbu
Rgp
Ggp
pku
Unsku
Rgp1

Rgu
Ksm
Rgu
Ssm
Tsm
Wsp
Asm
Bbu
Sls
nsb
Pvg
Vor
Rgs
Hal
Rsb
Ggd
Gst
Bbbpu
Sbs

Gsb
Syp
sab
Jmb
Rmb
Jmb
Rpp
bbt
Bml
Pls
Ptm
Mks
Abd
दाङ । देउखुरीको राजपुर गाउपालिका वडा नम्बर ७ खिडकी नाकामा आगलागी हुँदा २ घर जलेर नस्ट भएको छ ।
आज दिउँसो करिब ११ बजे तिर जङलबाट सरेको आगलागीले खिडकी नाका बस्ने भिम बहादुर खडका र रतिभान खडकाको घरमा आगलागी हुँदा घरमा रहेका अन्नपात, भाडाकुडा, लत्ताकपडा जलेर पुरै नस्ट भएको हो । आगलागीबा करिब ५ लाख बराबरको धनमाल जलि नस्ट भएको राजपुर गाउँपालिकाले जनाएको छ ।
त्यस्तै उक्त आगलागी भएको खबर पाउदा साथ राहत बोकेर सो स्थानमा पुगेर राहत प्रदान गरेको राजपुर गाउपालिकाका अध्यक्ष सरद बुढाथोकीले जानकारी दिए । “घरमा आगलागी भएको खबर पायौं,खबर पाउनासाथ म लगायत अन्य केही जनप्रतिनिधि सहित त्यहाँ पुगेका हौ”- अध्यक्ष बुढाथोकीले भने ।
गाउँपालिकाबाट दुबै घर परिवार लाई २० लम्बरी चामल,१० केजि दाल,४ लिटर तेल,१० केजि आलु , जिरा,नुन, लगायतका खाद्यान्न सामाग्री उपलब्ध गराइएको राजपुर गाउँपालिको भनाइ छ । राजपुर गाउँपालिकाले सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्थालाई यस दुखको अबस्थामा सहयोग गर्न सम्पूर्णमा अनुरोध समेत गरेको छ । पीडित परिवार अहिले आफन्तीको घरमा आश्रय लिएर बसेका छन् ।
