
Lnp
Pbu
Srbpu
Unsku
Rgp
Sgr
Rgp1
Ggp
pku

Sbs
nsb
Rgu
Gst
Pvg
Bbbpu
Hal
Ggd
Rsb
Bbu
Asm
Rgs
Vor
Wsp
Tsm
Sls
Rgu
Ksm
Ssm

bbt
Mks
Bml
Gsb
Ptm
Abd
sab
Rmb
Rpp
Jmb
Pls
Syp
Jmb
दाङ । देउखुरीकाे राप्ती गाउँपालिकाले गाउँपालिका अन्तर्गतका संस्थागत विद्यालयहरुलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको छ ।
गाउँपालिकाकाे गाउँ शिक्षा समितिकाे शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हाे । शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १५४ (१) मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको गाउँपालिकाले स्मरण गराएको छ ।
गाउँपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरुको नाम यो व्यवस्थाको प्रतिकुल देखिएकाले यस्तो निर्णय गरिएको शिक्षा शाखा प्रमुख विश्वास विकले जानकारी दिनु भयो ।विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर तीन महिना भित्र गाउँपालिकाकाे शिक्षा शाखामा निवेदन दिन समेत बैठकले आग्रह गरेको छ ।
त्यस्तै बैठकले गाउँपालिका अन्तर्गतका चार सामुदायिक र तीन संस्थागत गरि सात विद्यालयलाई कक्षा थपकाे अनुमति प्रदान गर्ने निर्णय गरेका छ।
यसैबीच शुक्रबार नै बसेकाे गाउँ कार्यपालिकाकाे बैठकले शिक्षा समितिले गरेका निर्णहरुलाई अनुमाेदन समेत गरेकाे छ।
