
Rgp1
Ggp
Unsku
pku
Lnp
Srbpu
Sgr
Pbu
Rgp

Asm
Bbu
Gst
nsb
Rgs
Ggd
Rgu
Ksm
Rsb
Sbs
Wsp
Sls
Bbbpu
Pvg
Vor
Ssm
Tsm
Rgu
Hal

Abd
Rmb
bbt
Pls
Syp
Gsb
Ptm
Rpp
Jmb
Bml
sab
Jmb
Mks
दाङ । तुलसीपुर उपमहानगरपालिकाले स्थापना दिवसको अवसर पारेर जेष्ठ नागरिकलाई लठ्ठी उपहार दिएको छ ।
पालिकाको ३२ औँ स्थापना दिवस पारेर ५० जना जेष्ठ नागरिकलाई लठ्ठी प्रदान गरेको हो । नगरप्रमुुख टीकाराम खड्काले ज्येष्ठ नागरिकहरुलाई लठ्ठी उपहार प्रदान गरेका हुन् ।
त्यस्तै जेष्ठ नागरिकलाई हिड्डडेलल गर्न,आवतजावत गर्नका लागि सहज होस् भन्ने उद्देश्य राखेर लठ्ठी प्रदान गरिएको हो । दिवसकै अवसरमा जेष्ठ नागरिकलाई स्वास्थ शिविरको समेत आयोजना गरिएको छ । जन स्वास्थ्य निरीक्षक विमल केसीका अनुसार शिविरमा हाड जोर्नी,सर्जन,आँखा,भिडियो एक्सरे,पाठेघरको जाँच गरिएको छ ।
यस्तै शिविरमा तीन सय जना जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँच गरिएको छ । शिविरमा मेट्रो अस्पतालका मेसु डा.प्रकाश साहु, स्त्रीरोग विशेषज्ञ सिर्जना हमाल, हाड जोर्नी रोग विशेषज्ञ डा.निवास शर्मा,जनरल फिजिसियन डा.भूषण भण्डारी,आँखा रोग विशेषज्ञ निकिता केसीले स्वास्थ्य चेकजाँच गरेकी हुन । शिविरमा जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचय पत्र वितरण गरिएको छ ।
नगरप्रमुख टीकाराम खड्काले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा पालिकाकोतर्फबाट सदैव सहयोग साथ रहने बताए । उनले ज्येष्ठ नागरिकहरुलाई एम्बुलेन्स सेवा नि:शुल्क गरिएको बताए । उनले आगामी वर्षहरुमा ज्येष्ठ नागरिकलाई थप सेवा बढाउँदै लैजाने बताए । नगरप्रमुख टीकाराम खड्काले मेट्रो अस्पतालमा ज्येष्ठ नागरिक उपचार विशेषज्ञ सेवा समेत सञ्चालन गरिने बताए । कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले ज्येष्ठ नागरिकको हेरचाहमा घरपरिवारले विशेष ख्याल गर्नुपर्ने बताए।
त्यस्तै कार्यक्रममा सुशासन समितिका संयोजक एवम वडा नम्बर ८ का वडाध्यक्ष धर्मराज वली, स्वास्थ्य जनप्रवर्धन शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका विष्णु गिरीले गरेका थिए ।
